वायु सेवा निगमले माग्यो ऋणको ब्याज, हर्जाना र पेनल छुट

वायु सेवा निगमले माग्यो ऋणको ब्याज, हर्जाना र पेनल छुट

[ad_1]

वायु सेवा निगमले माग्यो ऋणको ब्याज, हर्जाना र पेनल छुट

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायु सेवा निगमको वाइडबडी जहाज ।

७ वैशाख, काठमाडौं । आर्थिक संकटमा परेको नेपाल वायु सेवा निगमले ब्याज, हर्जाना र पेनल छुट गरिदिन कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोध गरेको छ ।

कोरोना महामारीको कारणले पनि व्यापारमा प्रतिकूल असर परेको भन्दै  निगमले सो अवधिको ब्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन अनुरोध गरेको हो ।

गत असार महिनायता ऋणबाफत् २ अर्ब ९४ करोड २८ लाख रूपैयाँ भुक्तानी गरिसकेको निगमले किस्ताको संख्या बढाइ ऋण भुक्तानीलाई सहजीकरण गरिदिन पनि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोध गरेको छ ।

नेपाल वायु सेना निगमका प्रवक्ता रमेश पौडेलले आज जारी गरेको विज्ञप्तिमा निगमको अनुरोधबारे कोषसँग छलफल भइरहेको उल्लेख छ ।

निगमले वर्तमान नेतृत्वले व्यवस्थापन सम्हालेपछि निगमको व्यापार विस्तार तथा नगद प्रवाहमा क्रमिक सुधार भएको जिकीरसमेत गरेको छ । त्यसैकारण अन्तर्राष्ट्रिय उडानका लागि दुई न्यारोबडी र दुई वाइडबडी जहाज ऋण लिएर खरिद गरेको थियो । ऋणको किस्ताबाफत गत चैत ३० गते कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको छ ।

यसअघि असार महिनामा १ अर्ब ३५ करोड रुपैयाँ, असोजमा ७३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ, पुसमा ३३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ चैतमा ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ गरी जम्मा २ अर्ब ९४ करोड २८ लाख ६५ हनार ८४४ रुपैयाँ भुक्तानी गरिसकेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्