कानुन मन्त्रालयको जिम्मा उपप्रधानमन्त्री खड्कालाई

कानुन मन्त्रालयको जिम्मा उपप्रधानमन्त्री खड्कालाई

[ad_1]

५ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई दिएका छन् ।

यसअघि आफैंले सम्हाल्दै आएको मन्त्रालय मंगलबार प्रधानमन्त्री प्रचण्डले खड्कालाई दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले ८ वैशाखमा संवैधानिक परिषदको बैठक बोलाएका छन् । प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्ने प्रयोजनका लागि बोलाइएको उक्त बैठकमा कानुन मन्त्री पनि सदस्य रहने व्यवस्था छ ।

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा विपक्षी दलका नेता, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपसभामुख र प्रधानन्यायाधीश सदस्य रहन्छन् । तर प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्ने बैठकमा भने कानुनमन्त्री सदस्य रहने व्यवस्था छ ।

हेर्नुहोस् राष्ट्रपति कार्यालयको विज्ञप्ति :

कानुन मन्त्रालयको जिम्मा उपप्रधानमन्त्री खड्कालाई

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्