आईपीएलमा दिल्लीको लगातार पाचौं हार – Online Khabar

आईपीएलमा दिल्लीको लगातार पाचौं हार – Online Khabar

[ad_1]

आईपीएलमा दिल्लीको लगातार पाचौं हार – Online Khabar

दिल्लीमाथिको जितपछि बेंगलोरका खेलाडीहरु ।

२ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा दिल्ली क्यापिटल्सको खराब प्रदर्शनले निरन्तरता पाउँदा लगातार पाँचौ हार बेहोरेको छ ।

शनिबार भएको पहिलो खेलमा दिल्लीलाई रोयल च्यालेन्जर्स बेंगलोरले २३ रनले पराजित गर्‍यो । लगातार पाँच हारपछि दिल्ली अंकविहीन हुँदै पुछारमा छ । चार खेलमध्ये दुई खेल जितेको बेंगलोर ४ अंकसहित सातौं स्थानमा छ ।

घरेलु मैदान एम चिन्नास्वामी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले ६ विकेट गुमाएर १७४ रन बनाएको थियो । विराट कोहलीले ३४ बलमा सर्वाधिक ५० रन बनाए । उनले ६ चौका र १ छक्का प्रहार गरे ।

महिपाल लोम्रोरले २६, ग्लेन म्याक्सवेलले २४ र कप्तान फाप डु प्लेसिसले २२ रन जोडे । दिल्लीका मिचेल मार्श र कुलदिप यादवले २-२ तथा अक्षर पटेल र ललित यादवले समान १ विकेट लिए ।

१७५ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १५१ रन मात्र बनायो । दिल्लीका मनिस पाण्डेले ३८ बलमा ५ चौका र १ छक्का प्रहार गरी सर्वाधिक ५० रन बनाए । अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । दशौँ नम्बरमा ब्याटिङ गरेका बलर एनरिक नोर्कियले १४ बलमा अविजित २३ रन जोडे । अक्षर पटेलले २१ कप्तान डेविड वार्नरले १९ र अमन खानले १८ रन बनाए ।

बेंगलोरका विजयकुमार भइसाकले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । मोहम्मद सिराजले २ तथा वायने पार्नेल, वानिन्दु हसरंगा र हर्सल पटेलले समान १ विकेट लिए ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्