चौदण्डीगढीका मेयरको सचिवालयका कर्मचारीले घुस मागेको अडियो सार्वजनिक

चौदण्डीगढीका मेयरको सचिवालयका कर्मचारीले घुस मागेको अडियो सार्वजनिक

[ad_1]

३० चैत, काठमाडौं । उदयपुरको चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाको सचिवालयमा कार्यरत कर्मचारी देवप्रकाश राईले घुस मागेको अडियो सार्वजनिक भएको छ ।

उनले नगरपालिकामा जागिर लगाइदिन्छु भनेर एक व्यक्तिसँग डेढ लाख रुपैयाँ घुस मागेको अडियो सार्वजनिक भएको हो । अडियोमा गुड्डुकुमारी मण्डलले आफूसँग अहिले ५० हजार रुपैयाँ रहेको बाँकी पैसा १० दिनभित्र दिने बताउँछिन् । तर राईले पुरै पैसा दिनुपर्ने अडान लिएका छन् ।

नगरपालिकाले नगरअस्पतालका लागि कम्‍प्युटर अपरेटर, ल्याब असिस्टेन्ट अनमी, अहेबलगायत करारमा नियुक्तिका लागि विज्ञापन गरेको थियो । उक्त विज्ञापनमा अनमीमा नाम निकालिदिने भन्दै राईले घुस मागेका हुन् । राईले भने सबै पैसा जम्मा गर्नेवित्तिकै फाइनल हुने बताएका छन् ।

चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाले छानबिनका लागि राईलाई सेवाबाट हटाएको बताएका छन् । ‘हामीले तत्काल छानबिनका लागि उहाँलाई हटाएका छौं । आज कार्यपालिका बैठक बस्दैछौं। सत्यतथ्य छानबिन गरेर दोषीमाथि कारबाही गर्छौं’ उनले अनलाइनखबरसँगको कुराकानीमा भने ।

नगर प्रमुख राईले बिहीबार विज्ञप्ति पनि निकालेका छन् । जसमा उनले नगरबासीको विश्वासको आँच आउने किसिमका कुनै पनि काम हुन नदिने प्रतिवद्धता जनाएका छन् ।

हेर्नुहोस् नगरप्रमुखले निकालेको विज्ञप्ति :

 

चौदण्डीगढीका मेयरको सचिवालयका कर्मचारीले घुस मागेको अडियो सार्वजनिक

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्