महाशिवरात्रि मेलामा घोटाला भयो, अख्तियारले छानबिन गर्छ – Online Khabar

महाशिवरात्रि मेलामा घोटाला भयो, अख्तियारले छानबिन गर्छ – Online Khabar

[ad_1]

महाशिवरात्रि मेलामा घोटाला भयो, अख्तियारले छानबिन गर्छ – Online Khabar

सुदन किराती/फाइल तस्वीर

२८ चैत, काठमाडौं । पशुपति क्षेत्र विकास कोषले हरेक वर्ष सञ्चालन गर्ने महाशिवरात्रि मेलामा घोटाला भएको देखिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले बताएका छन् ।

उनका अनुसार महाशिवरात्रि मेलामा सम्झौता विपरीत काम भएको र छानबिन गर्दा घोटाला भएको देखिएकोले यसबारे थप अनुसन्धान अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्छ । यसबारे थप अनुसन्धान गरी दोषी उपर कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने निर्णय मन्त्रालयले गरेको छ ।

पशुपतिनाथ मन्दिरमै भेटीघाटी संकलन हुने घ्याम्पो हराएको सन्दर्भमा छानबिन समिति गठन भएको छ । सो समितिको प्रतिवेदनका आधारमा थप अनुसन्धान आवश्यक पर्ने भन्दै मन्त्रालयले गृह मन्त्रालयमार्फत नेपाल प्रहरीमा पठाउने निर्णय समेत गरेको मन्त्री किरातीले जानकारी दिए ।

पशुपतिनाथ मन्दिरबाट दिउँसैको समयमा सुरक्षाकर्मीकै बीचबाट घ्याम्पो हराएको थियो । पशुपतिनाथ मन्दिरमा सीसीटीभी क्यामराको तार नै काटेर चोरी भएको समेत पाइएको थियो ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्