लिग नगर्ने एन्फासँग बी डिभिजन क्लबले मागे क्षतिपूर्ति

लिग नगर्ने एन्फासँग बी डिभिजन क्लबले मागे क्षतिपूर्ति

[ad_1]

२७ चैत, काठमाडौं। निर्धारित समयमा शहीद स्मारक लिग सन्चालन गर्न नसकेपछि बी डिभिजन क्लबहरुले क्षतिपूर्ति माग गरेका छन् ।

अखिल नेपाल फुटबल संघ एन्फाले चैत १५ गतेदेखि बी डिभिजन लिग सञ्चालन गर्ने घोषणा गरेको थियो ।

समयमा लिग सञ्चालन गर्न नसकेको तर लिगका लागि आफूहरुले तयारी गरिसकेकाले कम्तिमा ४५ दिनको क्षतिपूर्ति माग गरिएको छ । सोमबार सबै १४ क्लवका प्रतिनिधिले हस्ताक्षर गरिएको पत्र एन्फाका बुझाइएको छ ।

लिगको पूर्वनिर्धारित मितिमा चैत १५ गते एन्फा प्रतिनिधि र बी डिभिजन क्लवका प्रतिनिधिबीच छलफल भएको थियो । त्यो छलफलमा चैत १८ गते बस्ने एन्फा कार्यसमितिको बैठकमा क्षतिपूर्तिबारे निर्णय गर्ने आश्वासन पाए पनि सो अनुसार निर्णय नभएको क्लवहरुको मागपत्रमा उल्लेख छ ।

हेर्नुहोस् बी डिभिजन क्लबहरुले क्षतिपूर्तिका लागि लेखेको पत्र :

लिग नगर्ने एन्फासँग बी डिभिजन क्लबले मागे क्षतिपूर्ति

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्