[ad_1]
छिरिङलाई अस्पताल लैजाँदै । तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर
२६ चैत, काठमाडौं । मछिन्द्र क्लबका छिरिङ गुरुङ घाइते भएका छन् । इन्जुरी टाइममा बल क्लियर गर्ने क्रममा अनियन्त्रित भएका उनी आफ्नै टिममेटसँग ठोक्किएका थिए ।
त्यसपछि मैदानमै डेढ मिनेटजति उनी बेहोस भएका मछिन्द्रका फिजियो सुरज भुषालले अनलाइनखबरलाई जानकारी दिए ।
मैदानमै प्राथमिक उपचारपछि उनलाई एम्बुलेन्समा राखेर ब्लुक्रश अस्पतालमा लगिएको छ ।
अहिले उनको होस आइसकेको र स्वास्थ्य अवस्था चिन्ताजनक नरहेको भुषालले बताए ।
भुषालका अनुसार छिरिङको नाकको एक्सरे र टाउकोको सिटी स्क्यान गर्ने तयारी भइरहेको छ ।
गत सिजनमा मछिन्द्रकै मनिष डाँगी कन्कसन इन्जुरीका कारण मैदानमै बेहोस भएका थिए । विपक्षीसँग टाउको ठोक्किएपछि उनी ३ साता मैदान बाहिर रहेका थिए ।
[ad_2]
Source link








