आयकरको दोस्रो किस्ता चैत मसान्त भित्र बुझाउन विभागको ताकेता

आयकरको दोस्रो किस्ता चैत मसान्त भित्र बुझाउन विभागको ताकेता

[ad_1]

२६ चैत, काठमाडौं । आन्तरिक राजस्व विभागले आयकरको दोस्रो किस्ता वापतको रकम चैत मसान्त भित्र बुझाउन ताकेता गरेको छ ।

आयकर ऐन २०५८ अनुसार आयकरको किस्ता रकम दाखिला गर्नुपर्ने करदाताले करको विवरण र रकमको दोस्रो किस्ता चैत मसान्त भित्रै बुझाउनु पर्छ । यो मितिमा आर्थिक वर्ष (आव) २०७९/८० मा बुझाउनु पर्ने कुल ७० प्रतिशत आयकर बुझाइसकेको हुनुपर्छ ।

विभागले सोही प्रावधान स्मरण गराउँदै कर तथा विवरण बुझाउन भनेको हो । नेपालको कर संरचनामा मूल्य अभिवृद्धि करपछि आयकर महत्वपूर्ण हिस्सा बन्दै गएको छ । चालु आवमा भने सरकारले लक्ष्य अनुसार कुनै पनि कर उठाउन सकेको छैन ।

हेर्नुहोस् सूचनाः

आयकरको दोस्रो किस्ता चैत मसान्त भित्र बुझाउन विभागको ताकेता

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्