जमिन फिर्ता नहुँदासम्म गाउँ जाँदैनौं ! – Online Khabar

जमिन फिर्ता नहुँदासम्म गाउँ जाँदैनौं ! – Online Khabar

[ad_1]

२४ चैत, काठमाडौं । खुट्टामा प्रहरीको लाठी बर्सिएपछि सडकमै लम्पसार परिन्, नजमा खातुन । मिर्गाैला समस्याले ग्रसित रौतहट गुजरा नगरपालिका हरिहरपुरकी खातुन कम्मरमा पटुका बाँधेर मिटरब्याज विरुद्ध आन्दोलन गर्न काठमाडौं आएकी थिइन् ।

शुक्रबार सिंहदरबारको मूल गेट अगाडि प्रदर्शन गर्ने क्रममा प्रहरीले लाठी हानेपछि खातुन सिकिस्त भएकी छिन् । सडकमै लडेकी उनलाई साथीहरूले उठाएर शान्तिवाटिकाको फल्चामा पु¥याए । उनी अहिले त्यहीं आराम गरिरहेकी छन् ।

खातुन र उनका श्रीमान् इँटा भट्टामा काम गर्छन् । भट्टामा काम गरेर आउने रकमले गुजारा चलाउन नपुगेपछि खातुन दम्पतीले स्थानीय साहुसँग १ लाख ऋण लिएर १ कट्ठा ऐलानी जमिन किने । तीन वर्ष अगाडि लिएको १ लाख रुपैयाँ ऋण मिटरझैं बढेर यतिखेर ७ लाख रुपैयाँ पुगेको छ ।

त्यही जग्गा पनि साहूले आफ्नो नाममा लिइसक्यो । ‘अस्ति फागुन २२ गते लियो जमिन’, खातुनले भनिन् ।

त्यही जमिनमा छाप्रो बनाएर बसेकी उनी घरबारविहीन भइन् । ‘अब केही छैन मसँग’, खातुन भन्छिन् ।

जीवनभरको कमाइ साहुले हडपेपछि भूमिहीन भएकी उनी मिटरब्याज विरुद्ध आन्दोलनमा सहभागी हुन पनि तीन हजार रुपैयाँ ऋण काढेर आएकी हुन् । खुट्टामा चोट लागेर हिंडडुल गर्न नसक्ने भएकी उनलाई जसरी पनि साहुले हडपेको आफ्नो जमिन फिर्ता लिनु छ । ‘मलाई मेरो जमिन चाहियो’ शान्तिवाटिकाको फल्चामा लडिरहेकी उनी भन्छिन्, ‘जमिन फिर्ता नपाई म गाउँ जान्नँ ।’

जमिन फिर्ता नहुँदासम्म गाउँ जाँदैनौं ! – Online Khabar

हातमा रातो झण्डा लिएर निषेधित क्षेत्रमा छिरेकी रौतहट, चन्द्रपुरकी बोधकुमारी गिरीले साहुसँग पनि झगडा गरेरै आफ्नो घर साहुको कब्जामा पर्नबाट जोगाएकी छिन् ।

३ लाख रुपैयाँ ऋण लिएकी उनलाई साहुले भने १६ लाख तिर्नुपर्ने भन्दै धम्क्याउने गरेका छन् । ‘मैले सुन समेत बेचेर तीन लाख तिरिसकेकी थिएँ’ गिरी सुनाउँछिन्, ‘१६ लाख नतिरेको भन्दै मविरुद्ध अहिले रौतहट जिल्ला अदालतमा मुद्दा छ ।’

७ वर्ष अगाडि छोराको विवाहका लागि लिएको ५ हजार रुपैयाँ ऋणका कारण महोत्तरीकी चन्द्र महरा र उनका श्रीमानले पाएको सास्ती कम भयानक छैन । ‘महाजन वृजनारायण साहसँग ५ हजार लिएँ डेढ लाख रुपैयाँ तिरें’ आन्दोलनका लागि आएकी महरा भन्छिन्, ‘अझै ७ लाख ३० हजार बाँकी छ भन्छ ।’

तीन कट्ठा जमिन आफ्नो बनाएको साहूले ऋण चुक्ता नगरेको भन्दै महाजनका श्रीमानविरुद्ध मुद्दा हाले । ‘एक वर्ष जेल बसेर अस्ति मंगलबार (२१ चैत) मात्र श्रीमान् छुटे’ आन्दोलनको मोर्चामा डटिरहेकी ५७ वर्षीय महरा सरकारलाई सोध्छिन्, ‘हामीलाई न्याय देउ भन्दा पुलिस लगाएर किन कुटेको ?’

पाठेघरको अप्रेसन गराउन १ लाख ऋण लिएकी संगीताकुमारी चौधरीलाई साहू इन्द्र ठाकुरले ७ लाखको कागजमा सही गर्न लगाए । त्यही कागज देखाएर साहूले साढे दुई कट्ठा जमिन कब्जा गरेपछि ५ जनाको परिवारसहित संगीता इँटा भट्टामा काम गर्न बाध्य छिन् । ‘अहिले ममाथि मुद्दा हालेको छ’ उनी भन्छिन्, ‘यसै सुकुम्वासी, उसै सुकुम्वासी जमिन फिर्ता नहुँदासम्म गाउँ जाँदैनौं !’

भूमिहीन भएका र भूमिहीन हुने अवस्थामा पुगेका तराई–मधेशका २०० बढी महिला यतिखेर मिटरब्याज विरुद्ध आन्दोलनको मोर्चा सम्हालिरहेका छन् ।

शान्तिवाटिकालाई आफ्नो आश्रयस्थल बनाएका महिलाहरूले चामल, दाल, आलु, नुन बोकेरै आएका छन् । सरकारले आफ्ना माग पूरा नगर्दासम्म आन्दोलन नछाड्ने योजनासहित आएकी फूलकुमारी राम भन्छिन्, ‘यो चामल सकियो भने गाउँबाट फेरि मगाउँछौं, तर माग पूरा नहुँदासम्म फर्किंदैनौं ।’

१८ चैतमा मात्र सरकारले मिटरब्याज पीडितसँग पाँचबुँदे सहमति गरेको थियो । उक्त सहमतिलाई पनि उनीहरूले अपुरो भनेका छन् । त्यसमा उनीहरूको थप पाँचबुँदे माग छ ।

–मिटरब्याजका नाममा भएका सबै प्रकारका लिखत मन्त्रिपरिषद्ले निर्णय गरेर अवैध घोषणा गर्नुपर्ने,

–मिटरब्याजलाई अपराध घोषित गरेर फास्ट ट्रयाकबाट कानून जारी गर्नुपर्ने,

–मिटरब्याज पीडितविरुद्ध अदालतमा चलिरहेका मुद्दाको सुनुवाइ स्थगित गर्दै फैसला भएका मुद्दाको पुनरावलोकन गर्नुपर्ने,

–मिटरब्याज पीडितका नाममा जारी भएका पक्राउ पुर्जी खारेज गर्नुपर्ने, जेल चलान भएकाको रिहाइ गर्नुपर्ने,

–मिटरब्याजसँग जोडिएका चेक बाउन्स मुद्दा खारेज गर्नुपर्ने र मिटरब्याजीको सम्पत्ति छानबिन गर्नुपर्ने ।

पाँचबुँदे माग पूरा नहुँदासम्म काठमाडौंबाट घर फिर्ने होइन, बरु गाउँबाट थप पीडित बोलाउने सुनाउँछिन सिराहकी मन्जु सदा । ‘बरु हामी गाउँबाट अरू मान्छे बोलाउँछौं तर, काठमाडौं छाड्दैनौं’, उनले सुनाइन् ।

घाइते भएर पल्टिरहेकी नजमा खातुनलाई आफ्नो घुँडा र मिर्गाैलाको दुखाइभन्दा बढ्ता मिटरब्याजको पीडाले हानेको छ । ‘सम्पत्ति फर्क्यो भने यो त दवा गरौंला’ उनी आशावादी सुनिन्छिन्, ‘सम्पत्ति फर्केन भने बेटाबेटी के खान्छन् ?’

 

तस्वीरहरु : आर्यन धिमाल/अनलाइनखबर ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्