गैरीगाउँ सुकुम्बासी बस्तीका वासिन्दाले छेके महानगरको डोजरलाई बाटो

गैरीगाउँ सुकुम्बासी बस्तीका वासिन्दाले छेके महानगरको डोजरलाई बाटो

[ad_1]

गैरीगाउँ सुकुम्बासी बस्तीका वासिन्दाले छेके महानगरको डोजरलाई बाटो

सुकुम्बासी वस्ती प्रवेश गर्ने सडक बन्द गर्दै स्थानीय बासिन्दा । तस्वीर : आर्यन धिमाल

२४ चैत, काठमाडौं । काठमाडौंको तीनकुने गैरीगाउँस्थित बागमती नदी किनारमा अव्यवस्थित बसोबासीले काठमाडौं महानगरपालिकाको टोलीको बाटो छेकेको छ ।

महानगरपालिकाको टोली डोजरसहित आउने जानकारी पाएपछि स्थानीय सुकुम्बासी बस्तीका वासिन्दाले सडकमा टायर र ढुंगा थुपारेर बाटो छेकेको हो । बानेश्वर बहुमुखी क्याम्पस नजिकै बागमती करिडोर सडकमा सुकुम्बासी बस्तीका युवासहितको ठूलो भिड जम्मा भएको छ । सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल पनि खटिएको छ ।

तर महानगरपालिकाको टोलीले डोजर अगाडि बढाउन सकेको छैन ।  महानगर प्रहरीले नदि किनारको अव्यवस्थित  बस्ती हटाउन भन्दै सूचना निकालेकामा गत शुक्रबार अदालतले तत्काल नभत्काउन आदेश दिएको थियो ।

 

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्