विदेशमा पढ्न जान साउनयता ८० हजारले लिए एनओसी – Online Khabar

विदेशमा पढ्न जान साउनयता ८० हजारले लिए एनओसी – Online Khabar

[ad_1]

विदेशमा पढ्न जान साउनयता ८० हजारले लिए एनओसी – Online Khabar

एनओशी शाखा केशरमहलमा लागेको लाइनको फाइल तस्वीर ।

२२ चैत, काठमाडौं । गत साउनदेखि चैत २२ गतेसम्म करिब ८० हजार नेपाली विद्यार्थीले विदेशमा अध्ययन गर्न जान अनुमति पत्र (एनओसी) लिएका छन् ।

वैदेशिक अध्ययन अनुमति शाखा प्रमुख बासुदेव वस्तीका अनुसार साउनयता ७९ हजार ३०९ जनाले वैदेशिक अध्ययन अनुमति पत्र लिएका छन् ।

अहिले शाखाले एनओसीका लागि अनलाइन आवेदन दिएको एक दिनमा रुजु गर्ने र अर्को दिन एनओसी दिन थालेको छ । बिहीवार ६०९ अनलाइन आवेदन परेकामा ५२९ आवेदन स्वीकृत भएको छ । आवेदन स्वीकृत भएको ५ सय आवेदकले शुक्रबार एनओसी पत्र पाउनेछन् ।

विभिन्न देशमा अध्ययन गर्न जानको लागि अहिले औसतमा दैनिक ६ सय जनाले वैदेशिक अध्ययन अनुमति पत्रका लागि आवेदन दिइरहेको शाखाले जनाएको छ ।

शाखाले अहिले सेवा प्रवाहलाई सहज र छिटो बनाउदै लगेको दाबी गरेको छ । अनलाइनबाट आवेदन दिने, रुजु गर्ने र एनओसी पाउने समय सम्बन्धित विद्यार्थीलाई जानकारी गराउन थालेपछि लाइन बस्नेको संख्या घटेको शाखाले दाबी गरेको छ ।

शाखा प्रमुख वस्तीले एनओसी लिन आउने विद्यार्थीलाई सहज सेवा दिन सम्भव भएसम्मको कोशिस भइरहेको बताए । सेवाग्राहीको सहजताको लागि निशुल्क वाइफाइ सेवा दिने, उनले बताए ।

‘कसरी हुन्छ सेवाग्राहीलाई सहज बनाउने कोशिस गरिरहेका छौं । साथीहरुको मिहिनतले अहिले एकैदिनमा आवेदन रुजु गर्ने र अर्को दिनमा एनओसी दिनेसम्म सफल भएका छौं । अब फ्रि वाइफाइ सुविधा दिएर थप सहज बनाउने कोशिसमा छौं’ शाखा प्रमुख वस्तीले भने ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्