बालाजुमा बाइसधारा मेला (तस्वीरहरु) – Online Khabar

बालाजुमा बाइसधारा मेला (तस्वीरहरु) – Online Khabar

[ad_1]

२३ चैत, काठमाडौं । काठमाडौंको बालाजुस्थित बाइसधारामा मेला लागेको छ । बाइसधारामा मेला चैत शुक्ल पूर्णिमामा  लाग्ने गर्दछ । यस दिनदेखि वैशाख स्नान प्रारम्भ हुन्छ ।

चैत शुक्ल पूर्णिमामा बालाजुको बाइसधारामा स्नान गर्न हिन्दू तथा बौद्ध धर्माबलम्बीहरु जाने गरेका छन् ।

बालाजुको बाइसधारामा स्नान गरे मुक्तिनाथ तथा गोसाइँकुण्डमा स्नान गरे बराबरको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । साथै लुतो, खटिरा जस्ता रोग हराउने जनविश्वास पनि छ ।

यही विश्वासका साथ आज बिहानैदेखि बालबालिकादेखि वृद्धवृद्धासम्म बालाजु बाइसधारामा स्नान गर्न पुगेका छन् ।

चैत शुक्ल पूर्णिमाको अघिल्लो दिन बौद्ध धर्मावलम्बीहरुले बौद्ध गुम्बामा पूजापाठ गर्ने र पूर्णिमाको दिन बालाजु बाइसधारामा स्नान गर्दछन् । स्नानपछि स्वयम्भू महाचैत्यमा पुगेर पूजापाठ पनि गरिन्छ ।

बालाजुमा बाइसधारा मेला (तस्वीरहरु) – Online Khabar

काठमाडौं आसपासका जिल्लाका तामाङ समुदायले आजको दिन स्वयंभुमा पुगेर दिवंगत आफन्तजनको नाममा बत्ती बाल्ने र लामा गुरुहरुबाट पूजापाठ गराउने गर्छन् । उनीहरूले यसलाई तेमाल जात्रा वा बौद्धजात्रा भन्दछन् ।

स्वयंभु महाचैत्यमा बिहानैदेखि दर्शनार्थीको भिड लागेको छ । तेमाल जात्रा अन्तरगत आज दोस्रो दिन स्वयंभुमा जात्रा लागेको हो । पूर्णिमाको अघिल्लो दिन हिजो बौद्धस्तुपाको जात्रामा सहभागी भएकाहरु आज बिहानै बालाजुको बाइसधारामा स्नान गरी स्वयंभु पुगिरहेका छन् ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्