सन्दीपविरुद्धको बलात्कार मुद्दामा आज पनि भएन सुनुवाइ

सन्दीपविरुद्धको बलात्कार मुद्दामा आज पनि भएन सुनुवाइ

[ad_1]

सन्दीपविरुद्धको बलात्कार मुद्दामा आज पनि भएन सुनुवाइ

काठमाडौं जिल्ला अदालत

२२ चैत, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बालिका बलात्कार मुद्दामा बुधबार पनि जिल्ला अदालत काठमाडौंमा सुनुवाइ हुन सकेन ।

न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा तोकिएको मुद्दा पेशीमा पछाडिको क्रममा रहेकाले सुनुवाइका लागि पालो नआएको हो ।

कार्यालय समयको अन्तिम समयमा मुद्दा केहीबेरमात्रै हेर्न सकिने अवस्था रहेको अदालतका एक कर्मचारीले बताए ।

क्रिकेटर लामिछानेका कानून व्यवसायीले केहीबेर सुनुवाइ गरेर हेर्दाहेर्दैमा राखेर निरन्तरता दिन आग्रह गरेका थिए ।

तर सरकारी वकिलले सुनुवाइ हुन नसक्ने भएपछि फेरि मुद्दाको पेशी तोकिनुपर्ने भनी इजलासको ध्यानाकर्षण गराएका थिए ।

यो मुद्दा अब कहिले सुनुवाइ हुन्छ भन्ने मिति तोकिएको छैन ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्