इस्मा गाउँपालिकाले एकल पुरुषलाई मासिक १ हजार दिने

इस्मा गाउँपालिकाले एकल पुरुषलाई मासिक १ हजार दिने

[ad_1]

इस्मा गाउँपालिकाले एकल पुरुषलाई मासिक १ हजार दिने

एकल पुरुषको परिचयपत्र देखाउँदै ।

२१ चैत, गुल्मी । गुल्मी जिल्लाको इस्मा गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने भएको छ ।

गाउँपालिकाले ५५ वर्षमाथिका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्तावापत मासिक एक हजार रुपैयाँ दिने निर्णय गरेको गाउँपालिकाका उपाध्यक्ष पार्वती कुँवरले बताइन् ।

पालिकाले वार्षिक नीति तथा कार्यक्रम बमोजिम एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको थियो ।

हालसम्म पालिकाभित्र ५५ वर्षमाथिका ७० जना एकल पुरुषको तथ्यांक संकलन भएको छ ।

राज्यले एकल महिलाई पुनरुत्थान गर्न सामाजिक सुरक्षा भत्ता दिने तर पुरुषलाई विभेद गरेकाले गाउँपालिकाले पुरुषलाई पनि भत्ता दिन थालेको उपाध्यक्ष कुँवलरे बताइन् ।

एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने नवीन प्रकृतिको कार्य भएको उनको भनाइ छ । वडाको सिफारिसका आधारमा भत्ता दिइनेछ ।

पालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिन परिचयपत्र बनाउने कार्य गरिरहेको छ ।

अन्य सामाजिक सुरक्षा भत्तासँगै एकल पुरुषको भत्ता वितरण गरिने गाउँपालिकाले जनाएको छ ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्