शान्तिवाटिकामा मिटरब्याज पीडित बास (तस्वीरहरु) – Online Khabar

शान्तिवाटिकामा मिटरब्याज पीडित बास (तस्वीरहरु) – Online Khabar

[ad_1]

२० चैत, काठमाडौं । मिटरब्याज पीडितको एक समूहसँग सरकारले ५ बुँदे सहमति गरेको दुई दिनपछि देशभरबाट आएका करिब ४०० मिटरब्याज पीडितले उक्त सहमति अपुरो भन्दै फेरि आन्दोलन थालेका छन् ।

सोमबार काठमाडौं आइपुगेको यो समूहले दिनभर माइतीघरमा धर्ना दिएर साँझ शान्तिवाटिकामा बास बसेका छन् ।

उनीहरुले सरकार र मिटरब्याज पीडितको अघिल्लो समूहबीच भएको ५ बुँदे सहमति सकारात्मक तर अपुरो रहेको बताएका छन् । उनीहरुले मिटरब्याज पीडितविरुद्ध साहुकारले अदालतमा दिएका मुद्दा खारेज हुनुपर्ने माग राखेका छन् ।

मिटरब्याज पीडितहरु दिनभर माइतीघरमा धर्ना दिएर साँझ रत्नपार्क नजिकैको शान्तिवाटिकामा थकाइ मारेका छन् । करिब ४०० जनाका लागि खानपान र बसोबासको प्रबन्ध यहीँ भएको छ ।

मिटरब्याज पीडितहरु आफैंले खाना पकाएका छन् र त्यहाँका पाटी, सत्तल र सार्वजनिक भवनमा सुत्ने प्रबन्ध गरिएको छ । बास बस्नका लागि एउटा त्रिपाल पनि टाँगिएको छ । साँघुरो ठाउँ र बास बस्ने मानिस धेरै भएका कारण मिटरब्याज पीडितहरु कोचाकोच गरेर बसेका छन् ।

हेर्नुहोस् तस्वीरहरु

शान्तिवाटिकामा मिटरब्याज पीडित बास (तस्वीरहरु) – Online Khabar

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्