नेपाल चीन द्विपक्षीय कूटनीतिक परामर्श संयन्त्रको बैठक शुक्रबार हुने

नेपाल चीन द्विपक्षीय कूटनीतिक परामर्श संयन्त्रको बैठक शुक्रबार हुने

[ad_1]

नेपाल चीन द्विपक्षीय कूटनीतिक परामर्श संयन्त्रको बैठक शुक्रबार हुने

फाइल तस्वीर ।

२० चैत, काठमाडौं । द्विपक्षीय कूटनीतिक परामर्श संयन्त्रको १५ औं बैठकमा शुक्रबार चिनको राजधानी बेइजिङमा हुने भएको छ ।

बैठकमा नेपालको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले र चीनको नेतृत्व त्यहाँका उपविदेशमन्त्री सन वेइडोंगले गर्ने छन् ।

पोहोर जेठमा भर्जुअल माध्यमबाट बसेको १४ औं बैठकले कोरोना महामारीपछिको सन्दर्भमा सहकार्य र समझदारीलाई अभिवृद्धि गर्न नेपाल र चीनबीच द्विपक्षीय संयन्त्रका सबै संयन्त्र क्रियाशील गराउने सहमति भएको थियो ।

यसपालि बेइजिङमा सामुहिक उपस्थितिमा नै हुने बैठकले यसअघिका निर्णय तथा समझदारी कार्यान्वयनका स्थितिका साथै अन्य थप द्विपक्षीय मुद्दामा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्