[ad_1]
२० चैत, काठमाडौं । आफूहरुको समस्या समाधानको माग लिएर मिटरब्याज पीडितको अर्को टोली काठमाडौं आएको छ ।
मिटरब्याज पीडितहरुको एउटा समितिसँग सरकारले ५ बुँदे सहमति गरेको २ दिनपछि देशभरका मिटरब्याज पीडितको अर्को टोली काठमाडौं आएको हो ।
यो टोलीले मिटरब्याजीहरुले पीडितविरुद्ध अदालतमा दायर गरेका मुद्दा खारेज गर्नुपर्नेलगायतका विभिन्न माग राखेका छन् ।
यो टोलीमा झापादेखि कैलालीसम्मका मिटरब्याज पीडितको प्रतिनिधिमूलक उपस्थिति भएको दाबी पीडितहरुको छ । ललितपुर सानेपाको शहीद पार्कमा भेला भएका उनीहरु हिँडेर माइतीघरतर्फ जाँदैछन् ।
हेर्नुहोस् तस्वीरहरु

[ad_2]
Source link
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1








