भर्सटाइल सुरक्षा (तस्वीर) – Online Khabar

भर्सटाइल सुरक्षा (तस्वीर) – Online Khabar

[ad_1]

काठमाडौं । २०७२ सालमा रिलिज भएको नेपाली फिल्म ‘अझै पनि’बाट अभिनय करिअर थालेकी सुरक्षा पन्त अहिलेकी व्यस्त अभिनेत्री हुन् । ‘आमा’ उनको करिअरकै उत्कृष्ट फिल्म हो ।

पेशाले इन्जिनियर समेत रहेकी सुरक्षा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परियोजनामा समेत व्यस्त छिन् । गत महिना दर्शक र फ्यानलाई सरप्राइज दिंदै प्रेमी मानव सुवेदीसँग विवाह गरेकी सुरक्षा अभिनय करिअरलाई पनि इन्जिनियरिङसँगै अघि बढाउन चाहिन्छन् ।

फिल्मसँगै टेलिभिजन कार्यक्रममा व्यस्त सुरक्षाको ‘पोएट आइडल’ पछिल्लो समय रुचाइएको टीभी शो हो । यसबाहेक चैत २४ गते प्रदर्शन तयारीमा रहेको फिल्म ‘बहाव’मा उनले शीर्ष भूमिका निर्वाह गरेकी छन् । वामपन्थी विचारधारामा रुचि राख्ने एक पात्रको भूमिकामा उनी यसमा देखिएकी छन् ।

बहावपछि वैशाख १ गते उनको आगामी फिल्म ‘बुलाकी’ प्रदर्शन तयारीमा छ । समसामयिक राजनीति र सामाजिक मुद्दामा समेत रुचि राख्ने उनी गम्भीरखालका दर्शकमाझ प्रिय छिन् ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

भर्सटाइल सुरक्षा (तस्वीर) – Online Khabar

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्