ए डिभिजन लिगको छैटौं चरण चैत २० गतेदेखि – Online Khabar

ए डिभिजन लिगको छैटौं चरण चैत २० गतेदेखि – Online Khabar

[ad_1]

ए डिभिजन लिगको छैटौं चरण चैत २० गतेदेखि – Online Khabar

सातदोबाटो युथ क्लब ।

१६ चैत,  काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले शहीद स्मारक ए डिभिजन लिग फुटबलको छैटौं चरणदेखि १३ औं चरणसम्मको खेल तालिका सार्वजनिक गरेको छ । एन्फाले बिहीबार लिगको आगामी ८ चरणको खेल तालिका सार्वजनिक गरेको हो ।

फागुन १९ गतेदेखि सुरु भएको डबल लिगमा यसअघि पाँचौं चरणसम्मको खेल भएको छ ।  ५ मध्ये ४ खेल जितेको सातदोबाटो युथ क्लब १२ अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।

समान ११ अंकसहित मनाङ मर्स्याङदी क्लब दोस्रो र चर्च ब्वाइज युनाइटेड तेस्रो स्थानमा छन् ।

५ मध्ये एउटा खेल मात्र बराबरी खेलेको नेपाल पुलिस क्लब १ अंकसहित पुछारमा छ ।

नयाँ तालिका अनुसार छैटौं चरणको खेल चैत २० गतेदेखि सुरु हुनेछ ।

एन्फाले सार्वजनिक गरेको खेल तालिका अनुसार चैत्र २० गते सोमबाार संकटा क्लब खुमलटार युथ क्लब तथा एपिएफ र पुलिसबीच खेल हुनेछ ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्