विष्णु पौडेल – Online Khabar

विष्णु पौडेल – Online Khabar

[ad_1]

१४ चैत, डोटी । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेता भीम रावल लगातार पार्टी विरोधी गतिविधिमा लागेको आरोप लगाएका छन् । उनले अछाममा रावलले आफूलाई अप्ठेरोमा पार्ने प्रयास गरेको समेत आरोप लगाए ।

‘उहाँले कैलालीमा बसेर अछाममा मेराविरुद्ध तोप पड्काउने प्रयत्न गर्नुभएछ’ एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट कार्यक्रम अन्तर्गत मंगलबार डोटीमा आयोजित कार्यक्रममा पौडेलले भने, ‘तर तोपमा गोबर हालेर पड्काउन खोज्नुभएछ, तोपमा बारुद हालेको भए पड्किन्थ्यो ।’

सोमबार अछामको साँफेबगरमा भएको एमालेको कार्यक्रममा उपाध्यक्ष विष्णु पौडेल सहभागी भएका थिए । उक्त कार्यक्रममा भएको विवादलाई जोड्दै उपाध्यक्ष पौडेलले भने ‘उहाँलाई कसैले अछाम जाँदा उहाँसंग भिसा, पासपोर्ट लिएर जानुपर्छ भन्ने लाग्दोरहेछ, जुनसुकै नागरिकले पनि नेपालको जुनसुकै ठाउँमा जान पाउँछन् ।’

रावलले गम्भीर गल्ती गर्दा पनि पार्टीले सहेको भन्दै पौडेलले सच्चिएर आउने आशा अझै बाँकी रहे पनि कुर्ने समय सकिँदै गएको बताए । रावलले विगतमा संसदमा, सडकमा र निर्वाचनमा पार्टीविरुद्ध गम्भीर गल्ती गरेको आरोप लगाए ।

‘पार्टीले संसदमा रोष्ट्रम घेराउ गर्ने निर्णय गर्छ, उहाँ आफ्नो कुर्चीमा बसिराख्नु हुन्छ, पार्टीले ह्वीप जारी गर्छ, उहाँ उल्लंघन  गर्नुहुन्छ’, पौडेलले भने, ‘पार्टीले जे निर्णय गर्‍यो त्यसका विरुद्धमा सार्वजनिक रुपमा अभिव्यक्ति दिँदै हिँड्नुहुन्छ ।’ उनले स्थानीय तह, प्रदेशसभा तथा प्रतिनिधि सभाको निर्वाचनमा रावलले पार्टीका उम्मेदवारका लागि भोट नमागेको समेत आरोप लगाए ।

विष्णु पौडेल – Online Khabar

पार्टीको १०औं महाधिवेशनमा रावललाई उपाध्यक्ष बन्न सुझाव दिएको तर उनले अध्यक्षमै चुनाव लड्ने भनेपछि चुनाव भएको पौडेलले बताए । ‘चुनाव लड्नुभयो, कार्यकर्ताले विश्वास गरेनन्, उहाँ हार्नुभयो’, पौडेलले भने, ‘त्यसपछि उहाँलाई पार्टीले केन्द्रीय सल्लाहकार परिषदमा नियुक्त गरेको थियो, तर उहाँले त्यो जिम्मेवारी स्वीकार्नुभएन ।’

पार्टीको निर्देशन मान्नु सबै सदस्यहरुको कर्तव्य भएको भन्दै पौडेलले अब रावलसँग दुई विकल्प बाँकी रहेको बताए । ‘कि त उहाँले आफ्ना गल्तीहरु स्वीकार गर्दै अब पार्टीले दिएको जिम्मेवारी निभाउने प्रतिवद्धता सहित सच्चिएर आउनुपर्छ, हैन भने पार्टीभित्र बसेर पार्टीकै विरुद्धमा गतिविधि गर्ने कुरा स्वीकार्य हुन सक्दैन’ पौडेलले भने ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्