साम्राज्ञी र कार्मको रोमान्स दृश्यसँगै बेथानचोकमा सुरु भयो ‘नांगो गाउँ’को छायांकन

साम्राज्ञी र कार्मको रोमान्स दृश्यसँगै बेथानचोकमा सुरु भयो ‘नांगो गाउँ’को छायांकन

[ad_1]

काठमाडौं । दीपेन्द्र लामाको निर्देशनमा फिल्म ‘नाङ्गो गाउँ’को छायांकन काभ्रेको बेथानचोक गाउँपालिकामा सुरु भएको छ । गत सातादेखि सुरु भएको छायांकन एक महिना चल्ने जनाइएको छ । बिदा मनाउन थाइल्याण्ड पुगेकी अभिनेत्री साम्राज्ञी शाहले पनि सुटिङ ज्वाइन गरेकी छन् ।

छायांकनमा कलाकारहरु दयाहाङ राई, साम्राज्ञी शाह, कार्म, शिशिर बाङ्देल व्यस्त छन् । फिल्म निर्माताको तर्फबाट उपलब्ध गराएको तस्वीरमा दयाहाङ र शिशिर गफगाफ गर्दै गरेको देख्न सकिन्छ । कार्म चाहिं साम्राज्ञीसँग रोमान्टिक देखिएका छन् । फिल्ममा बुद्धि तामाङ, पुष्कर गुरुङ लगायतको समेत अभिनय छ ।

फिमेल लिड मिरुना मगरको भने दृश्य छायांकन सुरु भइसकेको छैन । मनिष्मा फिल्म्सको ब्यानरमा निर्माण भइरहेको फिल्ममा हिमाल शर्माको लगानी छ । फिल्ममा आलोक शुक्लाको छायांकन छ । निर्देशक लामाले निर्देशन गरेको ‘दुई नम्बरी’ यो वर्ष बक्स अफिसमा सफल रह्यो । उनले ‘घामपानी, गोपी, छ माया छपक्कै’ लगायतका फिल्म पनि निर्देशन गरिसकेका छन् ।

साम्राज्ञी र कार्मको रोमान्स दृश्यसँगै बेथानचोकमा सुरु भयो ‘नांगो गाउँ’को छायांकन

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्