‘बुद्ध थिएटर फेस्टिभल’ को तेस्रो संस्करण आजदेखि सुरु हुँदै

‘बुद्ध थिएटर फेस्टिभल’ को तेस्रो संस्करण आजदेखि सुरु हुँदै

[ad_1]

१३ चैत, काठमाडौं । गौतम बुद्धको दर्शन तथा बोधिसत्वको प्रभावलाई रंगमञ्चमार्फत विश्वमाझ चिनाउने उद्देश्यले ‘बुद्ध थिएटर फेस्टिभल’ को तेस्रो संस्करण आजदेखि काठमाडौंमा सुरु हुने भएको छ ।

वाग्मती प्रदेश सरकारको सहयोग, सांस्कृतिक संस्थान र डबली थिएटरको आयोजनमा हुन लागेको फेस्टिभल आज चैत १३ गतेदेखि चैत १७ गतेसम्म चल्ने छ ।

कार्यक्रमका निर्देशक पुस्कर गुरुङका अनुसार फेस्टिभलमा नेपालका ६ नाटकहरु मञ्चन हुनेछन् । यसअघिका फेस्टिभलमा विदेशी नाटकहरु पनि समावेश गराइए पनि यसपटक राम्रो कथावस्तु भएको विदेशी नाटकहरु नआएकाले नेपाली नाटकमात्र समेटिएको निर्देशक गुरुङ बताउँछन् ।

साथै माया थापाको निर्देशनमा तयार भएको नृत्य नाटीका ‘चंण्डालीका’ समेत मञ्चन हुनेछ ।

महोत्सवको उदघाटन समारोहमा रंगकर्मी अनुप बराललाई ५० हजार धनराशीको ‘डबली अवार्ड’समेत प्रदान गरिने निर्देशक गुरुङले जानकारी दिए ।

‘बुद्ध थिएटर फेस्टिभल’ को तेस्रो संस्करण आजदेखि सुरु हुँदै

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्