समर्थन फिर्ता लिइनसक्दै नयाँ सरकारका लागि दाबी पेश – Online Khabar

समर्थन फिर्ता लिइनसक्दै नयाँ सरकारका लागि दाबी पेश – Online Khabar

[ad_1]

१२ चैत, बुटवल । लुम्बिनीमा नेपाली कांग्रेस, माओवादी केन्द्रसहितका दलले कांग्रेसका डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री नियुक्ति गर्न प्रदेश प्रमुख समक्ष निवेदन दिएका छन् ।

सत्तारुढ घटक माओवादीले समर्थन फिर्ता लिएलगत्तै ८ दलको समर्थनमा कांग्रेस संसदीय दलका नेता चौधरीले मुख्यमन्त्रीका लागि दाबी पेश गरेका हुन् । जबकि उनको दाबीमा हस्ताक्षर गरेका नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले मुख्यमन्त्री लिला गिरीलाई दिएको समर्थन फिर्ता लिएको छैन भने जसपा र जनमतका नेताहरु मन्त्रिपरिषदमा नै छन् । जनमत पार्टीबाट मन्त्री बनेका सीके गुप्ताले भने आफूले फोन र इमेलबाट राजीनामा दिएको बताएका छन् ।

माओवादीका मन्त्रीहरुले भने आइतबार मात्र मुख्यमन्त्री गिरीलाई राजीनामा बुझाएका थिए । राजीनामा बुझाएलगत्तै उनीहरु सहित सांसदको टोली अर्को पत्र लिएर प्रदेश प्रमुख समक्ष पुगेका हुन् । उनीहरुले संविधानको धारा १६८ (२) अनुसार सरकार गठनमा दाबी पेश गरेको उल्लेख गरेका छन् ।

संविधान अनुसार कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।

हेर्नुहोस् पत्र 

समर्थन फिर्ता लिइनसक्दै नयाँ सरकारका लागि दाबी पेश – Online Khabar

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्