स्ववियु चुनावबारे छलफल गर्न आरआर क्याम्पसले बोलायो विद्यार्थी संगठन

स्ववियु चुनावबारे छलफल गर्न आरआर क्याम्पसले बोलायो विद्यार्थी संगठन

[ad_1]

७ चैत, काठमाडौं । रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)ले विद्यार्थी संघसंगठनहरुलाई तालाबन्दीको अन्त्य गर्दै छलफलमा आउन आग्रह गरेको छ ।

स्ववियु निर्वाचनको विषयलाई लिएर विद्यार्थी संगठनहरुले गत फागुन २७ गते ताला लगाएको छ ।

त्रिवि उपकुलपति कार्यालय तथा विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले स्थगित भएका क्याम्पसहरुको स्ववियु निर्वाचन चैत १२ गते अगाडी आपसी समझदारी कायम गरी निर्वाचन सम्पन्न गराउन विज्ञप्ति तथा पत्राचार भएकोले सबै सरोकारवाला पक्ष जिम्मेवार हुनपर्ने स्थिति देखिएको भन्दै क्याम्पसले ताला खोल्न तथा छलफलमा आउन आग्रह गरेको छ ।

क्याम्पस प्रमुख प्रा.डा.जीवनधर ज्ञवालीले विज्ञप्ति जारी गर्दै बिगतको दिनमा उत्पन्न भएको घटनाहरुलाई आ-आफ्नो पक्षबाट समीक्षा गर्दै गल्ती कमजोरी सुधार गर्दै स्ववियु निर्वाचनसँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न विद्यार्थी संगठनलाई शान्तिपूर्वक संवाद, वार्ता, छलफलमा आउन आग्रह गरेका छन् ।

हेर्नुहोस् आरआर क्‍याम्पसले निकालेको विज्ञप्ति : स्ववियु चुनावबारे छलफल गर्न आरआर क्याम्पसले बोलायो विद्यार्थी संगठन

 

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्