दयाहाङ, कार्म र मिरुनाले सके ‘नांगो गाउँ’को वर्कसप, छायांकन चैत १० देखि

दयाहाङ, कार्म र मिरुनाले सके ‘नांगो गाउँ’को वर्कसप, छायांकन चैत १० देखि

[ad_1]

काठमाडौं । दयाहाङ राई, कार्म र मिरुना मगरको शीर्ष भूमिका रहने फिल्म ‘नांगो गाउँ’को छायांकन चैत १० गतेदेखि काभ्रेमा हुने भएको छ । कलाकारसहित निर्देशन, निर्माण, छायांकन, वेशभूषा समूहको कार्यशाला सकिएको निर्माता हिमाल शर्माले जानकारी दिए ।

दीपेन्द्र लामाले निर्देशन गर्ने फिल्मको कार्यशालामा कलाकारहरु शिशिर वाङ्देल, बुद्धि तामाङ, अंकित खड्का र रविन्द्र झा पनि सहभागी थिए । कलाकारलाई पटकथा विश्लेषण, चरित्र निर्माण र कथ्य संरचनाका विषयमा प्रकाश पारिएको थियो । निर्देशक टिम र कलाकारबीचको अन्तरक्रियालाई रचनात्मक र प्रगतिशील बनाइएको निर्माणपक्षले बताएको छ ।

कुनै पनि पात्रले कुन संवाद किन बोल्दैछ ? कुन पहिरन किन पहिरिंदैछ ? कथालाई अगाडि बढाउन उसको भूमिका के हो ? लगायत विषयमा विश्लेषण गरिएको निर्देशक लामाले बताए । लामाले भने, ‘मैले अहिलेसम्म यति घनिभूत किसिमले वर्कसप गरेको थिइनँ । कलाकार तथा प्राविधिकले सक्रियतापूर्वक सहभागिता जनाउँदा खुसी लागेको छ ।’

दयाहाङ, कार्म र मिरुनाले सके ‘नांगो गाउँ’को वर्कसप, छायांकन चैत १० देखि

निर्देशक लामाले सार्वजनिक गरेको तस्वीरअनुसार फिल्ममा दयाहाङ पासाङ, शिशिर जारी, मिरुना नीमा, कार्म शंकर र साम्राज्ञी रविना पात्रको भूमिकामा देखिने भएका छन् । फिल्मलाई राजेश विश्वकर्माले सहजीकरण गरेको वर्कसपले पटकथामा लेखिएका दृश्यलाई सशक्त रुपमा पर्दामा उतार्न सहयोग मिल्ने अभिनेता दयाहाङ राईले बताए । अभिनेत्री मिरुना मगरले वर्कशप फलदायी भएको सुनाइन् । अभिनेत्री साम्राज्ञी शाह थाइल्याण्डमा भएकाले उनी वर्कसपमा सहभागी भइननन् ।

फिल्मलाई आलोक शुक्लाले छायांकन गर्नेछन् ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्