कांग्रेस सत्तापक्षमा, एमाले प्रतिपक्षमा – Online Khabar

कांग्रेस सत्तापक्षमा, एमाले प्रतिपक्षमा – Online Khabar

[ad_1]

५ चैत, काठमाडौं । प्रतिनिधिसभामा दलहरुको आसन फेरिएको छ । १४ मंसिरमा सम्पन्न प्रतिनिधिसभाको चुनावपछिको अधिवेशनमा कांग्रेस प्रतिपक्षमा र नेकपा एमाले सत्तापक्षमा बस्दै आएका थिए ।

पुस ७ गते भएको सांसदहरुको शपथ ग्रहण कार्यक्रममा कांग्रेस, माओवादी लगायतका दलहरु सत्तापक्षको बेञ्चमा बसेका थिए । तर, पुस १० गते एमाले र माओवादी मिलेर पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वका सरकार बनेपछि कांग्रेस प्रतिपक्षमा पुगेको थियो ।

तर, राष्ट्रपति चुनावअघि फेरि सत्ता समीकरण फेरियो । नेकपा एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिए । त्यसपछि पहिलो पटक आइतबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले पहिलो पटक प्रतिपक्षी बेन्चमा बसेको हो । एमालेसँगै राप्रपा पनि प्रतिपक्षी बेन्चमा बसेको छ ।

कांग्रेस सत्तापक्षमा, एमाले प्रतिपक्षमा – Online Khabar

प्रतिनिधिसभामा प्रतिपक्षीको आसन सभामुखको बायाँतर्फ र सत्तापक्षको दाँयातर्फ रहन्छ ।

नेपाली कांग्रेस र एकीकृत समाजवादी भने सत्तापक्षको बेन्चमा बसेका छन् । यी दुबै दलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरिसकेका छन् ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्