क्षमता विकासका कार्यक्रम अभियानको रुपमा अगाडि बढाउन सबै स्थानीय तहलाई परिपत्र

क्षमता विकासका कार्यक्रम अभियानको रुपमा अगाडि बढाउन सबै स्थानीय तहलाई परिपत्र

[ad_1]

२ चैत, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले क्षमता विकासका कार्यक्रमहरु सञ्चालनका लागि देशभरका ७५३ वटै स्थानीय तहलाई परिपत्र गरेको छ ।

निजामती सेवा लगायतका सार्वजनिक सेवा प्रवेशका लागि प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्न लोकसेवा आयोग तयारी कक्षा लगायत क्षमता विकासका कार्यक्रम अगाडि बढाउन मन्त्री अमनलाल मोदीले मंगलबार मन्त्रीस्तरीय निर्णय गरेका हुन् ।

मन्त्रालयले जारी गरेको परिपत्रमा भनिएको छ, ‘हरेक वर्ग र समुदायको पहुँच बढाउन महिला, आदिवासी जनजाति, दलित, मधेशी, थारु, मुस्लिम, पिछडा वर्ग, अल्पसंख्यक, सीमान्तकृत, अपांगता भएका व्यक्ति, लैंगिक तथा यौनिक अल्पंख्यक, किसान, श्रमिक,उत्पीडित वा पिछडिएको क्षेत्रका नागरिक तथा आर्थिक रुपले विपन्न खस आर्य लगायत शहिद, वेपत्ता, द्धन्द्ध पीडित परिवार समेतलाई लक्षित गरी अभियानका रुपमा क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने व्यवस्था हुन मिति २०७९/ ११/३० (मा. मन्त्रीस्तर)को निर्णयअनुसार अनुरोध छ।’

राज्यले लिएको आरक्षण तथा सकारात्मक विभेदको नीतिको प्रभावकारी कार्यान्वयनका लागि लक्षित वर्गको क्षमता विकास हुनु अपरिहार्य भएको मन्त्रालयले जनाएको छ ।

लोकसेवा आयोग तथा विभिन्न संगठित संस्थाहरुले सञ्चालन गर्ने प्रतिस्पर्धात्मक परिक्षाहरुमा लक्षित वर्गबाट अपेक्षित उम्मेदवारले सफलता प्राप्त गर्न नसक्ने जस्ता प्रवृत्ति देखा परेको मन्त्रालयको बुझाइ छ ।

हेर्नुहोस् परिपत्र 

क्षमता विकासका कार्यक्रम अभियानको रुपमा अगाडि बढाउन सबै स्थानीय तहलाई परिपत्र

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्