रक्सीले मातेका प्रहरीले सवारी चेक गर्न थालेपछि – Online Khabar

रक्सीले मातेका प्रहरीले सवारी चेक गर्न थालेपछि – Online Khabar

[ad_1]

रक्सीले मातेका प्रहरीले सवारी चेक गर्न थालेपछि – Online Khabar

रक्सीले मातेका प्रहरी जवान सप्तरीको राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस अगाडि बर्दी फुकालेर सवारी चेक गर्दै ।

२६ फागुन, जनकपुरधाम। सप्तरीको राजविराजमा एक प्रहरी जवानले दिउँसै रक्सी सेवन गरी सडकमा हंगामा गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी जवान सञ्जिवकुमार रायले* रक्सी सेवन गरी राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस अगाडि हंगामा गरेका हुन् । जसको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

नशामा लठ्ठ उनी सर्ट फुकालेर अर्धनग्न छन्, स्थानीयसँग वादविवाद गरिरहेका छन् । हातमा डण्टा लिएर यताउत्ता दौडिरहेको प्रष्टै देखिन्छ । स्थानीयका अनुसार आज साँझ ५ बजेतिर उनले रक्सी सेवन गरी नशामा लठ्ठिएर सडकमा सवारी चेकजाँच गर्न थालेका थिए ।

त्यस क्रममा गालीगलौज गर्न थालेपछि स्थानीयले उनलाई रोकेका थिए। त्यसपछि उनले सर्ट फुकालेर सडकमै बडी देखाइरहेको देखिन्छ । उनको यो चाला हेर्न भीडै लागेको थियो ।

भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीले उनलाई कारबाही गर्ने तयारी गरेको छ । सप्तरीका प्रहरी उपरीक्षक नरेन्द्रकुमार कार्कीले आचरण विपरीत काम गरेकाले उनलाई निलम्बन गर्न लागेको बताए ।

*प्रहरी जवानको नाम यसअघि अन्यथा पर्न गएकाले सच्याएका छौं । – सम्पादक

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्