श्री एयरलाइन्सका सबै जहाज ग्राउन्डेड – Online Khabar

श्री एयरलाइन्सका सबै जहाज ग्राउन्डेड – Online Khabar

[ad_1]

श्री एयरलाइन्सका सबै जहाज ग्राउन्डेड – Online Khabar

काठमाडौंबाट भैरहवा जाँदै गर्दा इन्जिनमा आगो देखिएको श्री एयरलाइन्सको जहाज ।

२६ फागुन, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आजबाट श्री एयरलाइन्सका सबै जहाज ग्राउन्डेड गरेको छ । बिहीवार काठमाडौंबाट भैरहवा जाँदै गर्दा इन्जिनमा आगो देखिएको घटनापछि प्राधिकरणले श्री एयरलाइन्सका सबै जहाज ग्राउन्डेड गराएको हो ।

यो घटनाको छानबिन थालेको र छानबिन नसकिएसम्मका लागि सबै जहाज ग्राउन्डेड गराएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले यसबारे कम्पनीलाई पत्र काटेर जानकारी गराएको छ । आज श्री एयरलाइन्सका कुनै पनि उडान भएका छैनन् ।

बिहीबार बिहान काठमाडौंबाट भैरहवा गइरहेको जहाजको एउटा इन्जिन फेल भएको र आगो समेत देखिएपछि धादिङबाट फर्काएर काठमाडौंमै आकस्मिक अवतरण गराइएको थियो । कम्पनीले भने यो घटनालाई सामान्य घटना भनेको छ ।

तर उडानका दौरान एक इन्जिन फेल हुनु गम्भीर उडान सुरक्षा इस्यु मानिन्छ । यहीकारण प्राधिकरणले श्रीका सबै जहाजको अध्ययन थालेको छ ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्