राष्ट्रपति भएको खुसी हामीसित मनाइदिए पुग्छ – Online Khabar

राष्ट्रपति भएको खुसी हामीसित मनाइदिए पुग्छ – Online Khabar

[ad_1]

२५ फागुन, दमौली । पुरानो घर भत्किएको छ । घरका काठहरु लथालिंग छन् । यहाँनेर घर थियो भन्ने अस्तित्व जोगाउन एउटा कोठाको दुई तल्ला धराप भएरै पनि ठडिएको छ । भत्किएर रहेको बाँकी भाग कुनदिन ढल्ने हो, टुंगो छैन ।

तनहुँको व्यास नगरपालिका–८ रिस्तीस्थित बाहुनपोखरीको यो घर (हेर्नुहोस तलको तस्वीरमा) नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको हो । २०७२ सालको विनाशकारी भूकम्प र त्यसपछि निरन्तर गएका परकम्पले पौडेलको पुरानो घरमा क्षति पुगेको छ ।

पुर्ख्यौली घरको नामोनिशान मेटिन लागेपछि पौडेलका छोरा चिन्तनले भत्किएको घरको माथिपट्टी नयाँ घर बनाउने तयारी गरे । जग्गा सम्याए, तर अहिलेसम्म घर ठडिएको छैन ।

स्थानीयका अनुसार पौडेलले आफ्नो पुर्ख्यौली थलो छोडेको करिब ३ दशकभन्दा बढी भयो । उनी काठमाडौं महानगरपालिका–१६ स्थित बोहोराटारमा बस्छन्, तर तनहुँबाट चुनाव लड्दै आएका पौडेलको गाउँमा प्रभाव भने भत्किएको छैन ।

पौडेल राष्ट्रपति बनेपछि बाहुनपोखराका उनका आफन्त र गाउँले खुशीले फुरूङ्ग छन् । छिमेकी दुर्गा पौडेल भन्छिन्, ‘छिमेकी राष्ट्रपति हुँदा कसलाई खुसीलाग्दैन र ?’

चुनावका बेला गाउँ आएका उनले कृषि, रोजगारी र पर्यटनको विकास गरी गाउँमै बसौं बसौं बनाउने वाचा गरेको गाउँलेहरुले सम्झिएका छन् ।

उनको गाउँ कृषिको लागि उर्वर छ, तर उत्पादित उपजलाई बजारसम्म जोड्न सकिएको छैन । हिउँदयाममा सुख्खा गेग्रान मात्र हुने रिस्ती खोला असार–साउनको वर्षासँगै उर्लिन्छ । उर्लिएको भेलसँग पौँठेजोरी खेल्दै हत्केलामा ज्यानको बाजी राखेर चालकले सवारी तार्नुको विकल्पमा मोटरेबल पुलबन्न सकेको थिएन ।

राष्ट्रपति भएको खुसी हामीसित मनाइदिए पुग्छ – Online Khabar
रामचन्द्र पौडेलको घर ।

गण्डकी प्रदेश सरकारले लमजुङतर्फको बगुवा र तनहुँतर्फको बेलथुंगी जोड्ने गरी मोटरेबल पुल बनाउन बजेट विनियोजन गरेपछि गाडी गुड्न थालेको छ । अब रिस्ती खोलामा तटबन्ध लगाउन पाए बर्खामा खेतको धान सुरक्षित हुन्थ्यो, गाउँमै तरकारी संकलन केन्द्र भइदिए उत्पादन कुहाएर फाल्नु पर्देनथ्यो । ‘अहिलेसम्म गाउँमा भएका विकास सबैले उहाँले गर्दा नै भएको हो’, स्थानीय लक्ष्मी मिश्र भन्छिन्, ‘अब गाँउमा उत्पादन भएका कृषि उपजहरुलाई बजारीकरण गरिदिन सहयोग गरिदिए पुग्छ हामीलाई ।’

सुशासन र लोकतन्त्रको वकालत गर्ने पौडेलले अब राष्ट्रपतिका रुपमा राष्ट्रको अभिभावकको भुमिका कुशलतापुर्वक निर्वाह गर्न सकुन् भन्ने गाउँलेको शुभकामना छ ।

बाहुनपोखरीका रामनाथ पौडेल भन्छन्, ‘राष्ट्रपति भएको खुसीयाली गाउँलेसँग मनाइदिए पुग्छ । गाउँ आइरहे हामीलाई खुसी र रमाइलो लाग्ने थियो ।’

पौडेल २०४८ सालको निर्वाचनमा पहिलो पटक तनहुँ–१ बाट सांसद निर्वाचित भए । २०५१ सालको मध्यावधि चुनावमा तनहुँ– २ बाट सांसद निर्वाचित भएका उनी त्यसपछि २०५६, २०६४, २०७० मा निरन्तर तनहुँ-२ बाटै निर्वाचित भए । २०७४ सालमा भएको निर्वाचनमा तनहुँ– १ मा उम्मेदवार बनेका पौडेल नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान)सँग पराजित भएका थिए । २०७९ मा फेरि तनहुँ क्षेत्र नं. १ बाट विजयी भए ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्