एकसाथ ११ ब्रोकरलाई २० शाखा खोल्न स्वीकृति – Online Khabar

एकसाथ ११ ब्रोकरलाई २० शाखा खोल्न स्वीकृति – Online Khabar

[ad_1]

२५ फागुन, काठमाडौं । नेपाल धितोपत्र बोर्डले एकसाथ ११ सेयर ब्रोकर कम्पनीलाई शाखा विस्तार गर्ने अनुमति दिएका छ । बोर्डले जारी गरेको नयाँ निर्देशिकाको अनुसार ब्रोकर कम्पनीले शाखा विस्तारको अनुमति पाएका छन् । बोर्डले ब्रोकरलाई शाखा विस्तार गर्न सजिलो बनाइदिएसँगै ११ कम्पनीले २० स्थानमा शाखा खोल्ने स्वीकृति पाएका हुन् ।

बोर्डले ४ फागुनमा ‘धितोपत्र दलाल व्यवसायीले शाखा खोल्नेसम्बन्धी निर्देशिका, २०७९’ लागु गरेको थियो । निर्देशिकाले न्यूनतम चुक्ता पूँजीमा थप डेढ करोड चुक्ता पूँजी भएपछि शाखा कार्यालय खोल्न सक्ने व्यवस्था गरेको थियो । साथै निर्देशीकाले सम्पूर्ण विवरण तथा कागजात प्राप्त भएको मितिले १५ दिनमै पूर्वाधार तयार गरी शाखा कार्यालय खोल्न स्वकिृति दिने व्यवस्था गरेको थियो ।

उक्त निर्देशीका अनुसार नै बोर्डले ११ वटा धितोपत्र दलाल व्यवसायीलाई १९ वटा शाखा कार्यलयको लागि व्यवसायीले पूर्वाधार तयार भएको स्थानमा शाखा विस्तार गर्ने स्वीकृति पाएका हुन् । नयाँ निर्देशिकामा डेढ करोड रुपैयाँ चुक्तापुँजीबराबर एउटा शाखा विस्तार गर्न अनुमति दिइने उल्लेख छ । निर्देशिका अनुसार बोर्डले फागुन १९ गते एउटा ब्रोकरलाई ६ स्थानमा, एउटालाई ३ स्थानमा, २ वटालाई २–२ स्थानमा र ७ वटालाई १–१ स्थानमा शाखा खोल्न अनुमति दिएको हो ।

बोर्डका अध्यक्ष रमेश हमालले पूर्वाधार तयार तथा प्रक्रिया पुरा गरेका ब्रोकरलाई निर्देशिका अनुसार शाखा विस्तारको अनुमति दिइएको बताए । ‘हामीले निर्देशिका ल्याएर शाखा विस्तार गर्दा हुने झमेला अन्त्य गरेका छौं,’ हमालले भने, ‘सोहीअनुसार आवेदन दिएको १५ दिन नबित्दै व्यवसायीलाई कारोबार थाल्न स्वीकृति दिने निर्णय गरेका छौं ।’

यसअघिसम्म ब्रोकरहरुले शाखा कार्यालय खोल्नको लागि बोर्डमा आवेदन दिएर स्वीकृतिको प्रक्रियामा महिनौं कुर्नु पर्ने हुन्थ्यो । नयाँ व्यवस्थाअनुसार ब्रोकर कम्पनीहरुले दिएको निवेदन उपर बोर्डले १५ दिनभित्रै जाँचबुझ गरेर शाखा कार्यालय सञ्चालन गर्न स्वीकृति दिन थालेको अध्यक्ष हमालको दाबी छ ।

निर्देशीका अनुसार नयाँ शाखा कार्यालय सञ्चालन गर्नु पूर्व ब्रोकर कम्पनीले बोर्डमा जानकारी गराउनुपर्छ । शाखा खोल्न स्वीकृति दिएपछि पनि बोर्डले आवश्यक ठानेमा ती शाखा निरिक्षण गर्छ । निरीक्षणको क्रममा तोकिएका मापदण्ड पुरा नगरेका, कारोबार गर्न नसक्ने शाखा कार्यालयको स्वीकृति बोर्डले रद्द पनि गर्न सक्ने व्यवस्था निर्देशीकाले गरेको छ ।

हमालले कम्तीमा डेढ करोड रुपैयाँ चुक्तापूँजी भएको ब्रोकरले एउटा शाखा सजिलै खोल्न पाउने व्यवस्था गरेको दाबी गरे । अर्थात् ४ करोड ५० लाख रुपैयाँ चुक्तापुँजी भएको एउटा ब्रोकरले एउटा मुख्य कार्यालय र ३ वटा शाखा खोल्न पाउँछ । २०८२ असार मसान्तभित्र बोर्डले सीमीत कार्य गर्ने ब्रोकरको चुक्ता पूँजी २० करोड रुपैयाँ कायम गर्नुपर्ने व्यवस्था गरेको छ । २० करोड चुक्ता पूँजी पुग्दा उक्त ब्रोकरले १२ वटा शाखा कार्यले खोल्ने सक्ने उनले बताए ।

एकसाथ ११ ब्रोकरलाई २० शाखा खोल्न स्वीकृति – Online Khabar‘केन्द्रीय कार्यालय सञ्चालन गर्ने कम्तीमा पनि २ करोड पूँजी चाहिन्छ, त्यसमा १ करोड ५० लाख चुक्ता पूँजी भएपछि अर्को शाखा खोल्न सक्छ,’ उनले भने, ‘२० करो्ड चुक्ता पूँजी हुँदा उसले १२ वटा सम्म शाखा खोल्न सक्छ । यसले धितोपत्र दलाल सेवामा समेत विस्तर गर्न सहयोग गर्छ भने पूँजीको आधारमा शाखा खोल्दा जोखिम व्यवस्थापनमा सहेत सहयोग पुग्छ ।’

‘धितोपत्र दलाल व्यवसायीले शाखा खोल्नेसम्बन्धि निर्देशिका, २०७९’ ले मूख्य कार्यालय रहेको जिल्लामा शाखा कार्यालय खोल्न नदिने व्यवस्था गरेको छ । यस्तै उपत्यका बाहिर ३ वटा शाखा कार्यालय खोपछि मात्रै काठमाडौंं उपत्यकामा शाखा खोल्न दिने व्यवस्था गरेको छ ।

यसअघि बोर्डले धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता नियमावली, २०६४ लाई संशोधन गर्दै ब्रोकरको न्यूनतम चुक्तापुँजी २० करोड रुपैयाँ कायम गरेको थियो । उनीहरुलाई यो पूँजी पुर्‍याउन २०८२ असारसम्मको समय छ । तत्कालका लागि शाखा बढाउन चाहने ब्रोकरले भने ६ महिनाभित्र शाखाअनुसारको पुँजी कायम गरिसक्नुपर्छ ।

शाखा संख्या ८५ पुग्दै

सञ्चालनमा रहेका ५० ब्रोकर कम्पनीले यसअघि काठमाडौं उपत्यकाबाहिर ६५ शाखा खोल्ने अनुमति पाएका थिए । नयाँ २० शाखा थपिँदा कुल शाखा संख्या ८५ पुग्नेछ । काठमाडौंमा रहेको मुख्य कार्यालयसमेत जोड्दा केही समयभित्रै देशभर १३५ कार्यालयबाट सेयर ब्रोकर सेवा उपलब्ध हुनेछ ।

हाल सात प्रदेशको २४ जिल्लाका ३० सहरबाट ब्रोकरेज सुविधा उपलब्ध हुँदै आएको छ । सेयर कारोबार पूर्णतः अनलाइन माध्यमबाट हुन थालेपछि पछिल्लो समय भौतिक रुपमा ब्रोकर कार्यालय पुग्नुपर्ने बाध्यता अन्त्य भएको छ ।

देशभर करिब १४ लाख व्यक्ति तथा संस्थाले ब्रोकरबाट सेयर कारोबारको सुविधा लिँदै आएका छन् । तीमध्ये अनलाइन कारोबार गर्नेको संख्या करिब ९ लाख छ ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्