ए डिभिजन लिगमा मनाङको पहिलो जित, संकटा पराजित – Online Khabar

ए डिभिजन लिगमा मनाङको पहिलो जित, संकटा पराजित – Online Khabar

[ad_1]

२४ फागुन, काठमाडौं । उज्वेकिस्तानी खेलाडी सायिदजमोल दाभलातजोनोभले गरेको एक मात्र गोल मद्दतमा मनाङ मर्स्यादी क्लबले शहीद स्मारक ए डिभिजन लिगमा पहिलो जित हात पारेको छ ।

लिगमा पहिलो खेल जित्ने क्रममा मनाङले बुधबार दशरथ रंगशालामा संकटा क्लबलाई १-० ले पराजित गरेको छ ।

प्रतिस्पर्धात्मक खेलमा दाभ्लातजोनोभको गोल नै मनाङलाई ३ अंक दिलाउन निर्णायक बन्यो । उनले खेलको ५१ औं मिनेटमा गोल गरे ।

संकटाले त्यसपछि पनि खेलमा बराबरी गर्ने अवसर पाए पनि सदुपयोग गर्न सकेन ।

पहिलो खेलमा अग्रता लिएर पनि हिमालयन शेर्पासँग बराबरि खेल्दै अंक बाँडेको मनाङले यो जितपछि दुई खेलबाट ४ अंक जोडेको छ ।

संकटाले भने दुई खेल खेल्दा अझै गोल गर्न सकेको छैन भने १ अंक मात्र जोडेको छ । संकटा पहिलो खेलमा आर्मीसँग गोलरहित बराबरिमा रोकिएको थियो ।

ए डिभिजन लिगमा मनाङको पहिलो जित, संकटा पराजित – Online Khabar

 

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्