इन्दिरा, अभयासहित महिला ब्याण्डले दिए प्रस्तुति – Online Khabar

इन्दिरा, अभयासहित महिला ब्याण्डले दिए प्रस्तुति – Online Khabar

[ad_1]

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बुधबार काठमाडौंमा ‘वुमन कन्सर्ट २०२३’को आयोजना गरिएको छ । बिजुलीबजारस्थित किङ्स कलेजमा आयोजित कन्सर्टमा दर्जनभन्दा बढी गायिका र महिला ब्याण्डले सांगीतिक प्रस्तुति दिएका छन् ।

चर्चित रक गायिका अभया सुब्बाले नारी दिवसको दिन सन् २०१४ देखि यो कन्सर्ट गर्दै आइरहेकी छन् । कन्सर्टमा अभया सुब्बा, प्रमिला राई, इन्दिरा जोशी, अश्मी श्रेष्ठ, मेघा श्रेष्ठसहित महिला कलाकारले सांगीतिक प्रस्तुति दिएका छन् । इन्दिराले आफ्नो हिट गीत ‘तिम्रै सामु आज म त अर्कैकी बेहुली’ गीत गाएर कन्सर्टको शुभारम्भ गरिन् ।

कन्सर्टबारे वुमन इन कन्सर्टकी संस्थापक समेत रहेकी सुब्बाले भनिन्, ‘धेरैभन्दा धेरै महिला कलाकारले भाग लिने यो कन्सर्टको उद्देश्य बालबालिकासहित महिलालाई सुरक्षित राख्ने हाम्रो उद्देश्य हो ।’ कन्सर्टमा फेथ ओमसहित अडिसनबाट छानिएका क्यूलेक्स बान्तवा राई, निहारिका शाही, रमिता शर्मा, पूजा परियार र सिजशु श्रेष्ठले सांगीतिक प्रस्तुति दिएका छन् ।

कन्सर्टमा रेणु स्याङ्बो बासमा, विमला गुरुङ ड्रम्समा, सुम्नी पाइक किजमा, इसिका बासमा र मुस्कान गिटारमा छन् । जोय लेभिट एण्ड द नाइट बर्ड्स, झिगु मतिना, श्री तारा, मेघा एण्ड द बिट्स, प्रमिला एण्ड द ब्याण्ड र अभया सुब्बा एण्ड द स्टिम इन्जिन्सले प्रस्तुति दिने भएका छन् । महिलाको क्षमता अभिवृद्धि गर्नु र प्रतिभा तिखार्नु कन्सर्टको उद्देश्य रहेको जनाइएको छ ।

कोरोना महामारीपछि पहिलोपटक भौतिक रुपमा कन्सर्ट भएको हो । सन् २०१९ मा पछिल्लोपटक भृकुटीमण्डमा कन्सर्ट भएको थियो । सन् २०२० मा डिजिटल कन्सर्ट भएको थियो । आयोजक सदस्य मेघा श्रेष्ठले संगीत र मनोरञ्जनमार्फत आफूहरुले महिलाले स्वतन्त्र महसुस गर्ने वातावरण सिर्जना गर्न चाहेको बताइन् ।

तस्वीर सौजन्य : गोपीकृष्ण चापागाईं

इन्दिरा, अभयासहित महिला ब्याण्डले दिए प्रस्तुति – Online Khabar

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्