युवा पुस्ताको आकर्षण – Online Khabar

युवा पुस्ताको आकर्षण – Online Khabar

[ad_1]

२२ फागुन, काठमाडौं । नदीजन्य साहसिक पर्यटकीय क्रियाकलाप र्‍याफ्टिङ युवा पुस्ताको आकर्षणको केन्द्र बन्दै गएको छ । त्यसलाई होलीको दिनले विशेष आकर्षण थप्ने गरेको छ । नेपाल एसोसिएन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा)का अध्यक्ष शिव अधिकारीका अनुसार सोमबार कम्तीमा २ हजारदेखि २५ सय हाराहारी युवायुवती र्‍याफ्टिङकै लागि नदीमा पुग्ने गर्छन् । ‘आजको दिन र्‍याफ्टिङमा सबैभन्दा धेरै आकर्षण हुन्छ,’ उनले भने, ‘त्यसपछि यो व्यवसायको सिजन सुरु भएको पनि मानिन्छ ।’

र्‍याफ्टिङमा युवाहरु साथिभाइको समूह, परिवार र कार्यालयबाट समेत जाने गर्छन् । आज त्रिशूली र भोटेकोशीमा युवापुस्ताको बढी भीड लाग्ने गरेको उनले जानकारी दिए । अघिल्लो वर्षहरुमा एकै दिन बढीमा ५ हजार हाराहारीमा युवाहरुले र्‍याफ्टिङ गर्ने गरेको तथ्यांक थियो । यस वर्ष भने बुकिङ केही कम भएको उनले जानकारी दिए । ‘आर्थिक मन्दी हो वा अन्य कारणले हो, र्‍याफ्टिङको दिन नै अग्रिम बुकिङ कम भएको छ’ उनले भने ।

युवा पुस्ताको आकर्षण – Online Khabarस्वदेशी पर्यटकको भर

र्‍याफ्टिङमा अहिले स्वदेशी पर्यटकले मात्र बिजनेस थामिदिएकाछन् । देशभर ७५ वटा कम्पनीले यस्तो व्यवसाय सञ्चालन गरिरहेका छन् । ३ हजार भन्दा बढी गाइडहरुले रोजगारी पाएका छन् । विगतमा डेढसय सम्म कम्पनी सञ्चालनमा रहेकोमा कोरोनापछि भने घट्दै गएको अध्यक्ष अधिकारीले बताए । उनका अनुसार विदेशी पर्यटक र्‍याफ्टिङको प्रयोजनमा आउन निकै कम भएको छ । यसको असर समग्र व्यवसायमा देखिएको उनी बताउँछन् ।

कति छ प्याकेज ?

कम्पनीहरुले कोठाको स्तर र लिने समय अनुसार प्याकेज बिक्री गर्ने गरेका छन् । अध्यक्ष अधिकारीका अनुसार त्रिशूली र भोटेकोशीमा एक दिनको ३ हजार र नाइट स्टेसमेत भएमा ५ हजारसम्मको प्याकेज बिक्रि हुने गरेको छ ।

हिउँदयाम भर त्रिशूली, भोटेकोशी, सुनकोशी, कालीगण्डकीसहितका नदीहरुमा र्‍याफ्टिङ हुने गरेको छ ।

 

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्