काठमाडौंमा ह्वीलचेयर म्याराथन (तस्वीरहरु) – Online Khabar

काठमाडौंमा ह्वीलचेयर म्याराथन (तस्वीरहरु) – Online Khabar

[ad_1]

२० फागुन, काठमाडौं। बीआइए फाउन्डेशनले अपाङ्गता भएका व्‍यक्तिहरुको सहभागीतामा ह्वीलचेयर म्याराथनको आयोजना गरेको छ ।

शनिबार काठमाडौंको भृकुटीमण्डपबाट सुरू भई टुँडिखेल, घण्टाघर, पुतलीसडक हुँदै पुन: भृकुटीमण्डपमा आई समाप्त भएको र उक्त म्याराथनमा करिब ३ सय जना सहभागी भएको बीआइए फाउन्डेसनका प्रवन्ध निर्देशक गोकर्ण ढुंगानाले जानकारी दिए।

उनका अनुसार यो चौथो ह्वीलचेयर म्याराथन हो र बीआईए फाउण्डेशनको जन्मदिन तथा अन्तर्राष्ट्रिय ह्वीलचेयर डे भएकाले नेपालमा पनि ह्वीलचेयर म्याराथनको आयोजना गरिएको हो ।

उक्त म्याराथनमा पुरूषतर्फ  रमेश खत्री प्रथम, कामकाजी मिजार द्वितीय र विष्णु श्रेष्ठ तृतीय भए। यस्तै ऐश्वर्य कुमारी कुमाल प्रथम, यमी झाक्री मगर द्वितीय र रजनी राई तृतीय भइन् ।

उनीहरुलाई  अस्ट्रेलियन राजदूत फेलिसिटी जेन भोल्कले पुरस्कार प्रदान गरेकी थिइन् ।

हेर्नुहोस् तस्वीरहरु :

काठमाडौंमा ह्वीलचेयर म्याराथन (तस्वीरहरु) – Online Khabar

 

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्