रूसले पाइपलाइन तेल आपूर्ति रोक्योः पोल्याण्ड – Online Khabar

रूसले पाइपलाइन तेल आपूर्ति रोक्योः पोल्याण्ड – Online Khabar

[ad_1]

रूसले पाइपलाइन तेल आपूर्ति रोक्योः पोल्याण्ड – Online Khabar

Photo Credit : edrzej Wojnar/Agencja Wyborcza.pl via REUTERS

१४ फागुन, वार्सा । पोल्याण्डको ऊर्जा समूह ‘पीकेएन अर्लेन’ले आफ्नो अन्तिम सम्झौताअनुसार ओर्लेनको आवश्यकताको १० प्रतिशत हिस्सा ओगटेको ड्रुज्बा पाइपलाइनमार्फत रुसी तेल प्राप्त गर्न बन्द गरेको शनिबार घोषणा गरेको छ ।

‘पोल्याण्डतर्फको ड्रुज्बा पाइपलाइनबाट हुने आपूर्ति रूसी पक्षले रोकेको छ,’ पोल्याण्डको कम्पनीमार्पत् एएफपीले प्राप्त गरेको विज्ञप्तिमा भनिएको छ ।

यो कदमले पोल्याण्डका ग्राहकहरूलाई आपूर्तिमा असर नपार्ने भन्दै अर्लेनले अब सबै पेट्रोलियम पदार्थको आपूर्ति सामुद्री मार्गबाट हुने जनाएको छ ।

हालसम्म अर्लेनले आफ्नो इन्धन आवश्यकताको करिब १० प्रतिशत रूसी पाइपलाइनमार्फत र बाँकी सामुद्रिक मार्गबाट अन्य देशबाट आयात गर्दै आएको थियो ।

युक्रेनमा रूसको युद्धलाई लिएर युरोपेली सङ्घ (ईयू) ले नयाँ चरणको प्रतिबन्ध लगाउने सहमति गरेको एक दिनपछि यो कदम चालिएको हो । सिन्ह्वा

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्