नेपालले कुवेतलाई दियो ३४४ रनको विशाल लक्ष्य – Online Khabar

नेपालले कुवेतलाई दियो ३४४ रनको विशाल लक्ष्य – Online Khabar

[ad_1]

नेपालले कुवेतलाई दियो ३४४ रनको विशाल लक्ष्य – Online Khabar

फाइल तस्वीर

१३ फागुन, काठमाडौं । आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा अर्जुन कुमाल र देव खनालको शतक मद्दतमा नेपालले कुवेतलाई ३४४ रनको लक्ष्य दिएको छ ।

युएईमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३४३ रन बनाएको हो ।

नेपालका लागि विस्फोटक ब्याटिङ गरेका देव खनाल १२५ रनमा आउट भए । ११७ बलको सामना गरेका उनले ९ चौका र ३ छक्का हानेका थिए ।

यस्तै कुमाल १०८ रनमा आउट भए । ११२ बल खेलेका उनले १२ चौका हानेका थिए ।

विशाल विक्रम केसी २३ तथा दीपक बोहरा १९ रनमा आउट भए । ओपनर दीपक बोहोराले १३ रन बनाए । आकाश त्रिपाठी र सुवास भण्डारी २ रन बनाउँदै आउट भएका थिए ।

दीपकप्रसाद डुम्रे २० र दिपेश कँडेल २ रनमा नटआउट रहे ।

पहिलो खेलमा नेपालले हिजो शुक्रबार सिंगापुरलाई हराएको थियो ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्