एयर होस्टेसमाथि दुर्व्यवहार गरेको आरोपमा नेवानिका पाइलटलाई जहाज उडाउन रोक

एयर होस्टेसमाथि दुर्व्यवहार गरेको आरोपमा नेवानिका पाइलटलाई जहाज उडाउन रोक

[ad_1]

१२ फागुन, काठमाडौं । एयर होस्टेसमाथि दुर्व्यवहार गरेको अभियोगमा नेपाल वायुसेवा निगम (नेवानि) का पाइलटहरुलाई जहाज उडाउन रोक लगाइएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार १२ साउन २०७९ का दिन मलेसियाको क्वालालाम्पुरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएको नेवानिको उडान संख्या आरए–४१६ को चालक दलका सदस्यले विमान परिचारिकामाथि गैरव्यावसायिक तथा दुर्व्यवहार गरेको आरोप लागेको छ ।

यस विषयमा उजुरी परेपछि प्राधिकरणले पाइलटहरुलाई उडानमा रोक लगाएको छ । सो उडानका सबै सदस्यहरुलाई प्राधिकरणले तत्काल उडानमा रोक लगाएको जानकारी गराएको छ । प्राधिकरणले चालक दलको नाम भने सार्वजनिक गरेको छैन ।

हेर्नुहोस् सूचनाःएयर होस्टेसमाथि दुर्व्यवहार गरेको आरोपमा नेवानिका पाइलटलाई जहाज उडाउन रोक

 

 

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्