नेपालगञ्जमा चैत दोस्रो साता ‘नेपाल फोटोग्राफी समिट’ हुने

नेपालगञ्जमा चैत दोस्रो साता ‘नेपाल फोटोग्राफी समिट’ हुने

[ad_1]

नेपालगञ्जमा चैत दोस्रो साता ‘नेपाल फोटोग्राफी समिट’ हुने

प्रतीकात्मक तस्वीर

काठमाडौं । आगामी चैत पहिलो साता नेपालगञ्जमा नेपाल फोटोग्राफी समिट हुने भएको छ । अन्तरालको आयोजना तथा व्यवस्थापनमा हुने समिटमा देशभरबाट १११ जना फोटो पत्रकार र फोटोग्राफरहरु सहभागी हुनेछन् ।

उक्त समिटमा फोटोग्राफीमा सक्रिय नयाँपुस्तादेखि अग्रजसम्मको जमघट हुने अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले जानकारी दिए । ‘नेपालको फोटोग्राफीको विकासमा यो समिट कोसेढुंगा सावित हुनेछ,’ उनले भने ।

तेस्रो नेपालगञ्ज फोटो फेस्टिभलको सन्दर्भ पारेर गरिने फोटोग्राफी समिटमा फोटोग्राफर र र सञ्चारमाध्यममा कार्यतर फोटो पत्रकारहरु एकै थलोमा भेला भएर अन्तरक्रिया गर्नेछन् ।

‘रिल वाला’ क्यामेरादेखि अहिलेको अत्याधुनिक डिजिटल प्रविधिका क्यामेरा, गोप्रोदेखि ड्रोनसम्म चलाइरहेको पुस्ताको एकै ठाउँको जमघटले देशव्यापी सन्देश दिने शाहले बताए ।

समिटमा अन्तरक्रिया, समूहगत छलफल, फोटोग्राफीका चुनौतीबारे कार्यपत्र प्रस्तुति, अनुभव आदानप्रदान, धार्मिक र पर्यटकीयस्थल भ्रमण र फोटोग्राफीलगायतका कार्यक्रम हुने जनाइएको छ ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्