सीआईबीले बुझायो अनुसन्धान प्रतिवेदन – Online Khabar

सीआईबीले बुझायो अनुसन्धान प्रतिवेदन – Online Khabar

[ad_1]

सीआईबीले बुझायो अनुसन्धान प्रतिवेदन – Online Khabar

स्पट फिक्सिङमा संलग्न भएका भनिएका आदिल आलम र महबुब आलम ।

३ फागुन, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुन्सधान व्युरो (सीआईबी)ले नेपाल टी–२० लिगमा भएको भनिएको स्पट फिक्सिङ सम्बन्धी अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।

सीआईबीका एसपी सन्जय सिंह थापाका अनुसार १० जनालाई प्रतिवादी बनाइएको छ । उनीहरुलाई खेलकुद ऐन अनुसार तीन वर्ष कैद र ५० हजार जरिवाना हुनुपर्ने सिफारिस पनि गरेको थापाले जानकारी दिए ।

नेपाली टी–२० लिग गत पुस ९–२७ सम्म त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको थियो । प्रतियोगितामा स्पट फिक्सिङ गरेको आरोपमा नेपाली क्रिकेटर आदिल आलम, पूर्वक्रिकेटर महबुब आलमसहित ३ जना पक्राउ परिसकेका छन् ।

नेपाल टी–२० लिगको व्यापारिक तथा रणनीतिक साझेदारका रुपमा नेपाल क्रिकेट संघ (क्यान)सँग सम्झौता गरेको विवादित भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसका मालिक जतिन अहुवालिया पनि स्पट फिक्सिङमा प्रत्यक्ष संग्लग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको स्रोतले जनाएको छ ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्