८ करोड भन्दा बढी लुटपाट भएको मोबाइल व्यवसायीको दाबी

८ करोड भन्दा बढी लुटपाट भएको मोबाइल व्यवसायीको दाबी

[ad_1]

८ करोड भन्दा बढी लुटपाट भएको मोबाइल व्यवसायीको दाबी

ल्होत्से मलमा सोमबार भएको तोडफोड

२ फागुन, काठमाडौं । यातायात मजदुरहरुले काठमाडौंका माछापोखरी र नयाँबसपार्क क्षेत्रमा सोमबार गरेको प्रदर्शनको क्रममा तीन ठाउँमा मोबाइल पसलमा लुटपाट भएको छ । आठदेखि १० करोड रुपैयाँ बराबरको लुटपाट भएको नेपाल मोबाइल व्यवसायी संघले दाबी गरेको छ ।

सोमबार बेलुकी ल्होत्से मलमा एक हुल प्रवेश गरी तोडफोड र मोबाइल पसलमा लुटपाट गरेको थियो । ल्होत्से मलमा मोबाइल पसल सन्चालन गरेका र नेपाल मोबाइल व्यवसायी संघका उपाध्यक्ष समेत रहेका अर्जुन चालिसेले लुटपाट र तोडफोडबाट ८ देखि १० करोड रुपैयाँ बराबरको क्षति भएको बताए । चालिसेका अनुसार उनको मोबाइलको स्टोर रुम, पसल र सर्भिस सेन्टरबाट मोबाइल तथा तिनका पार्टपूर्जा लुटपाट भएको छ ।

सामाजिक सन्जालमा सार्वजनिक भएको सीसीटीभी फुटेजमा मोबाइल पसलको सटर खोलेर लुटपाट गरिरहेको दृष्य देखिन्छ । घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

मोबाइल पसलमा लुटपाट र तोडफोडको घटना भएपछि देशभरका मोबाइल व्यवसायीहरु काठमाडौंमा एकत्रित भएका छन् । उनीहरुले आज पत्रकार सम्मेलन गरेर घटनाको विस्तृत जानकारी पनि गराउँदैछन् ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्