रास्वपाको संसदीय दल र केन्द्रीय समितिको बैठक बस्दै

रास्वपाको संसदीय दल र केन्द्रीय समितिको बैठक बस्दै

[ad_1]

रास्वपाको संसदीय दल र केन्द्रीय समितिको बैठक बस्दै

रास्वपाका सभापति रवि लामिछाने । फाइल तस्वीर

१ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दल र केन्द्रीय समितिको बैठक आज बस्दैछ ।

दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा समसामयिक राजनीतिक अवस्था र चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनको तयारीबारे छलफल हुने एक नेताले जानकारी दिए । सम्भवत यही बैठकले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा पार्टीबाट कसले उम्मेदवारी दिने भन्ने टुंगो लगाउनेछ ।

यसअघि सो क्षेत्रबाट पार्टी सभापति रवि लामिछाने निर्वाचित भएका थिए । तर नागरिकता विवादका कारण अदालतले सांसदबाट पदबाट निलम्वित हुने फैसला गरेपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

निर्वाचन आयोगले चितवन क्षेत्र नम्बर २ मा आगामी बैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरिसकेको छ ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्