चितवन २ को उम्मेदवारमा कांग्रेसबाट खनाल र श्रेष्ठको पनि दाबी

चितवन २ को उम्मेदवारमा कांग्रेसबाट खनाल र श्रेष्ठको पनि दाबी

[ad_1]

चितवन २ को उम्मेदवारमा कांग्रेसबाट खनाल र श्रेष्ठको पनि दाबी

जितनारायण श्रेष्ठ र राजेश्वर खनाल

२९, माघ, चितवन । निर्वाचन आयोगले चितवन क्षेत्र नं. २ को उपनिर्वाचन आगामी वैशाख १० गते गर्ने निर्णय गरेपछि जिल्लामा सम्भावित उम्मेदवारहरुका बारेमा चर्चा सुरु भएको छ ।

गत मंसिरमा भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जितेको चितवन क्षेत्र नं. २ मा यसपटक कांग्रेसबाट अहिलेसम्म ३ जना आकांक्षी देखिएका छन् ।

गत निर्वाचनमा पराजित कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले आफू पुनः उम्मेदवार बन्ने इच्छा व्यक्त गरिसकेको अवस्थामा चितवन कांग्रेसका सभापति राजेश्वर खनाल र पूर्व सभापति जितनारायण श्रेष्ठले आआफ्नो उम्मेदवारीको दावी गरेका छन् ।

अनलाइनखबरसँग कुरा गर्दै दुबै नेताले आगामी उपनिर्वाचनमा आफूहरु उम्मेदवारको स्वभाविक दावेदार र हकदार भएको बताए । कांग्रेस चितवनका सभापति खनालले चितवन क्षेत्र नं. २ को उम्मेदवार बन्ने चाहाना रहेको बताए ।

‘कांग्रेसलाई एकजुट बनाएर सहमतीका साथ उम्मेदवार बन्ने मेरो चाहाना छ’, खनालले भने, ‘कांग्रेस एक ढिक्का भएर निर्वाचनमा प्रस्तुत भए कसैले पनि हराउन सक्दैन ।’
उनले आगाामी उपनिर्वाचनमा रवि लामिछानेका कारणले जनताले दुःख पाएको विषय जनताको बीचमा लैजाने बताए । उनले आफ्नो पार्टी भित्रको विवादलाई बसेर मिलाउन सकिने बताए ।

कांग्रेस चितवनका पूर्व सभापति जितनारायण श्रेष्ठले क्षेत्र नं. २ को उम्मेदवारमा आफ्नो स्वभाविक दावी रहने प्रतिक्रिया दिए । ‘मैंले अघिल्लो चुनावमा पनि चाहना राखेको हो, पार्टीले निर्णय गरेपछि छाडेर उमेश श्रेष्ठलाई जिताउन लागियो, परिस्थितिबस फेरि निर्वाचन हुन लागेको छ, म स्वभाविक उम्मेदवार हुँ’, श्रेष्ठले भने, ‘पार्टीको युवा पुस्तालाई चलायमान बनाएर अगाडि लैजान पनि मेरो उम्मेदवारीको खाँचो छ ।’

पूर्व सभापति श्रेष्ठले माथिबाट टिकट दिने वा तोक्ने भन्दा पनि क्षेत्र नं. २ का आम अगुवा नेता कार्यकर्ताको माझमा छलफल र सहमति गरेर उम्मेदवारी दिँदा सहज हुने बताए । ‘अब टिकट माथिबाट हैन, तल कार्यकर्ताबाट अनुमोदन भएको व्यक्तिलाई दिनुपर्छ, माथिबाट टिकट दिँदा समस्या आउँछ भन्ने पाठ पार्टीले सिकेको होला भन्ने लाग्छ’, श्रेष्ठले भने, ‘सबै बीच छलफल गरेर एक जना उम्मेदवार तय गरेर जानुपर्छ ।’ खनाल र श्रेष्ठ दुबै चितवन क्षेत्र नं. २ बाट प्रतिनिधित्व गर्ने नेता हुन् ।

गत मंसिरको निर्वाचनमा कांग्रेस माओवादीसहितको पाँच दलको गठवन्धनमा थिए । तर आगामी निर्वाचनमा कांग्रेसलाई माओवादीले साथ दिन सक्ने अवस्था नहुँदा कांग्रेस एक्लै प्रतिस्पर्धामा जाने अवस्था आउन सक्छ । तर, कांग्रेस जिल्लाका नेताहरुले माओवादीसँग मिलेर जानुभन्दा एक्लै लड्दा कार्यकर्तामा उर्जासँगै मत पनि बढि आउने बताउँछन् ।

संस्थापन इतरका दुबै नेता खनाल र श्रेष्ठ गत मंसिरमा भएको निर्वाचनमा आफूलाई हराउन लागेको आरोप उमेश श्रेष्ठले लगाउँदै आएका छन् ।

अहिलेको सत्ता गठवन्धनको प्रमुख घटक एमालेका महासचिव शंकर पोखरेलले केही दिन अगाडि एमालेले आगामी निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहयोग गर्न सक्ने संकेत गरेका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट भने लामिछाने नै उम्मेदवार बन्ने सम्भावना छ । लामिछानेले खारेज भएको नागरिकता प्रयोग गरेर उम्मेदवार बनेको मुद्दामा सर्वोच्च अदातले फैसला गर्दा लामिछानेको गृहमन्त्रीसहित सांसद पद खारेज भएको थियो ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्