जनार्दन शर्मा – Online Khabar

जनार्दन शर्मा – Online Khabar

[ad_1]

जनार्दन शर्मा – Online Khabar

फाइल तस्वीर

२७ माघ, काठमाडौं। नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सत्ता गठबन्धनभित्रै राजनीति नेतृत्वबाट राष्ट्रपति बन्ने बताएका छन्।

शुक्रबार संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै शर्माले राजनीतिक पृष्ठभूमि बाहिरबाट राष्ट्रपति नबन्ने समेत बताए।

‘राजनीतिक नेतृत्वबाटै राष्ट्रपति बन्छ,’ शर्माले भने, ‘सरकार सम्बद्ध गठबन्धनले गरेको प्रस्तावमा राष्ट्रिय सहमति हुन आवश्यक छ।’

उनले माओवादीमा राजनीतिबाहिरबाट राष्ट्रपति ल्याउने कुरा नचलेको बताउँदै अहिलेको सरकार कुनै समस्यामा नरहेकोसमेत दाबी गरे।

‘९९ प्रतिशतभन्दा बढी मत प्राप्त गरेको सरकार हो, यसको कुनै चिन्ता छैन,’ उनले भने।

माओवादी केन्द्रले राष्ट्रपतिमा सकेसम्म साझा व्यक्तित्वको खोजी गर्नुपर्ने बताउँदै आएको छ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्