साना चार कम्युनिष्ट पार्टीबीच एकताबारे छलफल – Online Khabar

साना चार कम्युनिष्ट पार्टीबीच एकताबारे छलफल – Online Khabar

[ad_1]

२७ माघ, काठमाडौं । साना चार कम्युनिष्ट पार्टीहरुले एकता गर्ने विषयमा छलफल गरेका छन् ।

नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, विश्वभक्त दुलाल ‘आहूती’ नेतृत्वका वैज्ञानिक समाजवादी पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीले शुक्रबार भेटेर छलफल गरेका हुन् ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको बैठकपछि नेताहरुले विज्ञप्ति जारी गर्दै पार्टी एकता, कार्यगत एकता र संयुक्त मोर्चाका लागि आगामी फागुन १५ गते चार पार्टीको बैठक बस्ने जानकारी गराएका छन्।

विप्लव नेतृत्वका नेपाल कम्युनिष्ट पार्टीको हालै सकिएको केन्द्रीय कमिटी बैठकले समाजवादलाई अधार बनाएर विचार मिल्नेहरुसँग एकता गर्ने निर्णय गरेको थियो ।

हेर्नुहोस् संयुक्त विज्ञप्ति :

साना चार कम्युनिष्ट पार्टीबीच एकताबारे छलफल – Online Khabar

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्