असल नियतले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तय गरेका छौं : थपलिया – Online Khabar

असल नियतले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तय गरेका छौं : थपलिया – Online Khabar

[ad_1]

असल नियतले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तय गरेका छौं : थपलिया – Online Khabar

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया । फाइल तस्वीर

२० माघ, काठमाडौं । असल नियतले समयभित्रै सम्पन्न गर्ने गरी राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचनको मिति तय गरेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन मिति तोक्दा पनि र नतोक्दा पनि आफूहरुमाथि प्रश्न उठेको भन्दै आयोगले निर्वाचन सम्पन्न भएपछि ती प्रश्न पनि अन्त्य हुने जनाएको छ ।

निर्वाचन आयोगले भदौ २५ गते र उपराष्ट्रपति पदको निर्वाचन फागुन ३ गते तोकेको छ । तर राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचन सम्बन्धी ऐनमा कार्यकाल सकिनुभन्दा एक महिना अगाडि नै निर्वाचन गरिसक्नुपर्ने व्यवस्था रहेको भन्दै आयुक्त ईश्वरी न्यौपानेले नै फरक मत राखेका छन् ।

शुक्रबार प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले भने, ‘मिति तय नहुँदा पनि प्रश्न उठ्यो, मिति तय भएपछि पनि प्रश्न उठ्यो । त्यसकारण अब हामी तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्छौं । त्यसपछि प्रश्नचाहिं अन्त्य हुनेछ । तर एउटा के प्रण गर्नु जरुरी छ भने अब आयोगले कुनै पनि बखत त्यसरी निर्वाचनको मिति तोक्दा प्रश्नै नउठ्ने गरी हामी कानुनको संशोधन गरेर जाने तयारी गरिरहेका छौं ।’

संविधान र कानुनका बीचमा केही द्विविधाहरु कायमै रहेको र निर्वाचन आयोग ती द्विविधालाई सम्बोधन गर्दै अघि बढेको थपलियाको भनाइ छ ।

 

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्