सरकारले अरु प्रेमहरूको ज्यान नलेओस्  – Online Khabar

सरकारले अरु प्रेमहरूको ज्यान नलेओस्  – Online Khabar

[ad_1]

केही समय हाम्रो फोनको स्क्रिन बानेश्वरमा एक युवकले पेट्रोल छर्केर आत्मदाह गर्ने प्रयासपछि निधन भएको समाचारले भरियो। यही सन्दर्भमा हामी सबैले आफ्ना व्यक्तिगत र सामाजिक जीवनका निराशा, असन्तुष्टि, आक्रोश र आर्थिक लेनदेन आदिका कुराहरू सामाजिक संजालमा राखेका छौँ।

संजालमा एउटा साथीले लेखेको वाक्यले मुटु टक्क रोकियो – हामी सबै जल्न नसकेका प्रेम आचार्य हौं ! मरिदिउँ मरिदिउँ लाग्ने सोच आउने त अहिले कसलाई पो छैन होला र ?

यसअघि पटक–पटक आन्दोलन गर्दा पनि न्याय नपाएपछि सिंहदरबार अगाडि निहारिका राजपुतले आत्मदाहको प्रयास गरेकी थिइन्। कैयौं पटक आउँछन् – तीनवटा बच्चा च्यापेर कर्णालीमा महिलाले हाम फालेका खबरहरू। एम्बुलेन्स चढ्ने पैसा नभएपछि लोकल बस चढेकी २३ वर्षीय गर्भवती जानकी विकको सुत्केरी हुन नसकेर बाजुराबाट महेन्द्रनगर जाने बसमा मृत्यु भएको छ।

सरकारले अरु प्रेमहरूको ज्यान नलेओस्  – Online Khabarनेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांकमा नेपालमा आर्थिक वर्ष २०६८/६९ मा दैनिक ११ जनाले आत्महत्या गरेको तथ्यांक थियो। एक दशकमा ७२ प्रतिशतले बढेर आर्थिक वर्ष २०७८/७९ मा १९ जना पुगेको छ। पछिल्लो १० वर्षमा ५३ हजार २९८ जनाले आत्महत्या गरेका छन्।

प्रेम आचार्यहरू आगो लगाएर आत्मदाहको प्रयास गरून् या निहारिका राजपुतहरू नदीमा हाम फालेर मर्ने प्रयास गरून्, मृत्यु रोज्न बाध्य हुनुका कारण यो समाज र राज्यव्यवस्था हो। भन्नेहरूले प्रेम आचार्यलाई कायर भनून्, तर उनको दुखद् निधनले जनमानसमा विद्रोहको आगो झोसेर गएको छ।

मानिसलाई किन जिउँदै आफ्नै शरीरमा पेट्रोल छर्किने दुस्साहस गर्न मन लाग्छ भन्ने सामाजिक, आर्थिक, राजनैतिक र कानुनी संकट प्रेम आचार्यले छर्लंग पारेर गएका छन्।

मानिस सामाजिक प्राणी भएका कारण उसका सम्पूर्ण आवेग र संवेगहरू समाजले निर्धारण गर्छ। जन्मदेखि मृत्युपर्यन्त समाजको नैतिक घेराभित्र मानिस बाँचेको हुन्छ। त्यसैले मृत्यु कहिल्यै पनि व्यक्तिगत  हुँदैन। ऋण चुक्ता गर्न नसकेर कसैले आत्मदाहको निर्णय लिन्छ भने त्यो आकार विस्तार गरिरहेको ठूलो सामाजिक समस्या हो। प्रेमले मरेर समस्या उठान गर्ने बाटो लिए, हामी बाँचेकाहरूले साँच्चै ज्यूँदो भएको आभास दिंदै ती एजेन्डाहरू उठाउनुपर्छ।

आत्मदाहको बाध्यताका पछाडि थुप्रै कारण हुन्छन्। मान्छे धेरै कारणले मृत्यु रोज्न बाध्य हुन्छ। अवसाद र आक्रोश आत्महत्याका प्रमुख कारण मानिन्छन्। मानिस उज्यालो सकिएपछि अँध्यारोको यात्रा तय गर्छ। मानिस आँशु सकिएपछि नदीमा होमिन चाहन्छ। मानिस बाटोहरू नदेखेपछि बीच सडकमा आफ्नै जीउमा पेट्रोल छर्किन्छ। मानिस गतिशीलता नभेटेपछि पानीको गहिराइमा डुब्न खोज्छ। जब मानिससँग कुनै हतियार हुँदैन तब उसले आक्रोश प्रयोग गर्छ। तर जब अवसाद र आक्रोश सँगसँगै शरीरभित्र बल्झिन थाल्छन्, उसले कुनै न कुनै उपाय रोज्छ। यो संकट दुखद हो, प्रेम आचार्यले पेट्रोल देखे।

पितृसत्तात्मक सामाजिक व्यवस्थाको कारण घर धान्ने जिम्मेवारीमा अतिरिक्त दबावका कारण धेरै पुरुषलाई ऋणले आत्महत्याको बाटो देखाएको छ। गरगहना र लुगामा देखासिकी गर्ने प्रवृत्तिले महिलामा हीनताबोध र पारिवारिक कलह सिर्जना गरेको छ। बालबालिकालाई विद्यालयले दिने अव्यावहारिक शिक्षाको कारण फुल्दै गरेका कोपिलाहरू समेत मर्नेबारे सोच्न पुगेका छन्।

औषधि र स्कुल फिस तिर्न नसकेर कैयौं मानिस मर्न बाध्य छन्। बेरोजगारीको समस्याले युवा कि त दिनदिनै खाडी वा युरोप उडिरहेका छन् कि त दुर्व्यसनमा फसिरहेका छन्। चरम उपभोक्तावादको भुमरीमा फसेर कैयौं युवती आफू अरू जस्तै राम्री नदेखिएको हीनताबोधमा आफैंलाई धिक्कार्दै छन्।

लोग्नेको कुटाइबाट भाग्न महिलाहरूले भीरबाट हाम फालेका छन्। मानो–पैंचोमा चल्ने हाम्रो समाज मिटरव्याजी साहुहरूले कब्जा गर्न थालेका छन्। यी सब निराशा र असंगतिहरूमा प्रेम आचार्यले सबैलाई आन्दोलित बनाएर गएका छन्।

मृत्यु सामाजिक कुरा मात्रै होइन, राज्यसँग जोडिएको अधिकार हो। हाम्रो संविधानले बाँच्न पाउने अधिकारलाई आधारभूत अधिकारहरूभित्र राखेको छ। त्यस अर्थमा एउटा नागरिकको बाँच्न पाउने अधिकारको सुनिश्चित गर्नु राज्यको दायित्व हो। गरिखाने वर्गलाई थप सहुलियत दिएर उनीहरूको जीवन सहज पार्न राज्यले संरक्षकको भूमिका खेल्नुपर्छ। ठेलामा सुन्तला बेच्नेलाई हटाउने, शैक्षिक र स्वास्थ्य संस्था माफियालाई सुम्पिने, व्यापार व्यवसायमा बिचौलियालाई मात्रै हित पुग्ने गरी सत्ताको दुरूपयोग गर्नेहरू शासन व्यवस्थाका मालिक भएपछि राज्यको भूमिका जर्किनमा पेट्रोल बेच्न रोक लगाउने बराबरको मात्रै महसुस गर्न पाइएको छ।

पचासौं मानिसले दुर्घटनामा परी ज्यान गुमाउँदा राज्यको भूमिका­कर्तव्य शोक बिदा दिनेमा सीमित भएको छ। औषधि र स्कुल फिस तिर्न नसकेर कैयौं मानिस मर्न बाध्य छन्। राज्यको ध्यान नीतिनिर्माण र कार्यान्यवन प्रणाली बनाउनतिर जानुपर्नेमा भावुक भएको नाटक गरेर झन्­झन् सत्ता–लिप्त हुँदैछ।

यो पटकको संसदमा फरक­फरक पृष्ठभूमिबाट जितेर गएका विविध प्रतिनिधि छन्। उनीहरूको दृष्टि क्यामेरा लिएर आईसीयु छिर्ने होइन प्रेम आचार्य र उनको परिवारलाई कसरी जोगाउने भन्नेतर्फ हुनुपर्छ। डाक्टरसमेत रहेकी स्वास्थ्यमन्त्री तोसिमा कार्कीले संसदमा हाम्रो जस्तो मुलुकमा कसरी मानसिक स्वास्थ्यको सवाललाई उठाउन सकिन्छ भन्ने कुरालाई जोड दिन्छिन् भन्ने आशा छ।

राज्यसँग कुनै पनि नागरिकको ज्यान लिने अधिकार छैन। हाम्रो संविधानमै हरेक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकारको सुनिश्चितता भएपछि न्यायालयको नजर त्यसमा हरबखत हुनैपर्छ। यो घटनापछि न्यायालयमा स्वेच्छिक मृत्युको चर्चा हुन्छ भने न्यायालयले पीडितको अवस्थितिलाई नजरअन्दाज नगरोस्।

जब कुनै व्यक्ति गम्भीर रूपमा घाइते वा गम्भीर बिरामी हुन्छ, जब मृत्यु अपरिहार्य हुन्छ, र पीडा यति ठूलो हुन्छ कि बाँच्नुले व्यक्तिलाई कुनै आनन्द दिंदैन तब मृत्यु सहज हुनुपर्छ भन्ने धारणा सामाजिक न्यायका पक्षपातीहरूको हुने गर्दछ। तर कुनै पनि नागरिकको सम्मानपूर्वक बाँच्न पाउने अधिकारको सुनिश्चितता राज्यले गर्छ भने सम्मानपूर्वक मर्न पाउने अधिकार पनि नागरिकमा निहित हुनुपर्छ।

मृत्युपछि सन्नाटा हुन्छ, शून्यता हुन्छ, शोक हुन्छ। तर प्रेम आचार्यको निधनमा हामी ढुक्कले रुन सकेका पनि छैनौं। उनको मृत्युले हामी सबैलाई आन्दोलित बनाएर गएको छ। उनी एक्लै गए, तर हामी सबै जल्न नसकेका प्रेम आचार्य हौं।

विशेष गरी शहरी क्षेत्रमा मानिसहरुमा मानसिक स्वास्थ्यका समस्या झन् बढ्दै गएका छन्। देशमै श्रमको उचित मूल्यांकन नहुँदा किसान र मजदुरहरू उखुबारी वा खाडीमा बेमेलको पसिना बगाउन बाध्य छन्।

पूँजीवाद र निजीकरणको भूतले हामी सबैलाई झन् झन् एक्ल्याउँदै गैरहेको छ। हामी सँगै छौं तर एक्लाएक्लै बाँचिरहेका छौँ। योभन्दा ठूलो सामाजिक संकट के हुन सक्छ ?

यस्तो विषम परिस्थितिमा हाम्रो ध्यान भंग नहोस्। हामी सबैले सामाजिक दायित्व निर्वाह गर्दै राज्यलाई खबरदारी गर्न सक्नुपर्छ। आगोलाई आशामा बदल्नुपर्छ।

सत्ताको अति रोमाञ्चक खेल खेल्न व्यस्त प्रतिनिधिहरूले कर्तव्यबोध गरुन्। आफैं कुर्सीमा बसेर आफैं सबै दोष राज्यको हो भन्नेहरू औंला कतातिर ठडिएको हो बुझून्। अन्यथा राज्यको मूकदर्शक चरित्रमाथि प्रेम आचार्यहरुले पेट्रोल खन्याइरहनेछन्।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्