म आमा बन्न लागेकी हुँ – Online Khabar

म आमा बन्न लागेकी हुँ – Online Khabar

[ad_1]

म आमा बन्न लागेकी हुँ – Online Khabar

प्रतीकात्मक तस्वीर

म आमा बन्न लागेकी हुँ

मलाई छोरा पाउन लागेकी नभन्नु

छोरा अथवा छोरी कोही पक्कै जन्मेला

बरु मेरो जीवन बाँचोस् भन्नु

प्रसव पीडा धेरथोर तिमीलाई पनि थाहा होला

अनि आमाविनाका सन्तानका पीडा पनि थाहा होला

बच्चा झनै सकुशल जन्मियोस् भन्नु

त्यही नै हो सबैभन्दा ठूलो कुरा एउटी नयाँ आमालाई

त्यो पनि धेरथोर थाहा होला तिमीलाई

खुसी नलागे पनि बरु खुसी भएजस्तो नाटक गरिदिनु

किनकी सन्तान नभएर ढुंगाका मूर्तिहरुमा टाउको बजार्दै हिंडेका दम्पतीका पीडा

धेरथोर तिमीलाई थाहा होला

हो, छोरी नभए पनि संसार चल्दैन

हो, छोरा नभए पनि संसार चल्दैन

अनि, यो पनि हो

म एक जनाले छोरा नजन्माउँदा पनि संसार रोकिंदैन

छोरी नपाउँदा पनि संसार रोकिंदैन

नौ महिना गाह्रो हुन्छ थाहा होला नि तिमीलाई ?

दशौं महिना जीवन र मृत्युको दोसाँध हुन्छ

त्यो पनि पक्कै थाहा होला तिमीलाई

सक्छौ मायाले बोलिदिनु

सक्दैनौं वास्तै नगरिदिनु

तिमी पनि भगवान होइनौ नि

तिमीले भन्दैमा छोरा जन्मिने पनि होइन

म पनि भगवान होइन, मैले चाहेर पनि छोरा जन्मिने होइन

त्यसैले

सक्छौ आशिर्वाद दिनु

सक्दैनौ वास्तै नगरिदिनु

छोरा अथवा छोरी कोही पक्कै जन्मेला

म आमा बन्न लागेकी हुँ

तर मलाई छोरा पाउन लागेकी नभन्नु ।।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्