कार्यविधि पालना नगरेकै आधारमा रवि गैरनागरिक हुन्नन् – Online Khabar

कार्यविधि पालना नगरेकै आधारमा रवि गैरनागरिक हुन्नन् – Online Khabar

[ad_1]

११ माघ, काठमाडौं । सरकारी वकिलले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नागरिकता पुनःप्राप्तिका लागि नागरिकता नियमावलीले तोकेको कार्यविधि पालना नगरेको स्वीकार गरेको छ । तर कार्यविधि पालना नगरेकै आधारमा गैर नागरिक हुने अवस्था नभएको उसको तर्क छ ।

लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता नलिएका कारण राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति र सांसद पद खारेज गर्नुपर्ने माग गर्दै परेको रिटमा बुधबारदेखि संवैधानिक इजलासमा बहस सुरु भएको छ ।

लामिछानेले अमेरिकी नागरिक परित्याग गरेको सूचना दिएर नेपाली नागरिकता पुनःप्राप्तिको प्रक्रिया नचालेको र पुरानै नेपाली नागरिकता प्रयोग गरी उम्मेदवारी दिएकाले सांसद पद खारेज हुनुपर्ने रिट निवेदकहरुको तर्क छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेतको तर्फबाट बहस नोट पेश गर्दै सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले भने लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिन निवेदन दिनुपर्ने सारवान व्यवस्था नभई नितान्त कार्यविधिगत व्यवस्था मात्र भएको जिकिर गरेका छन् ।

‘कुनै पनि व्यक्ति सामान्य कार्यविधिको पालना नगरेकै आधारमा गैरनागरिक हुने अवस्था हुँदैन,’ उनले भनेका छन्, ‘नेपालको नागरिकतासम्बन्धी व्यवस्थाले नागरिकता विहीनताको परिकल्पना गरेको छैन । निवेदकहरुले मानवीय रवि लामिछाने नेपालको नागरिक होइनन् भन्नुभएको अवस्था छैन ।’

संविधान र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनले गैर नेपाली नागरिक मात्र उम्मेदवार हुन योग्य नहुने भनेको तथा संविधानको धारा ११(१) मा नेपालको नागरिकता प्राप्त गरेको र प्राप्त गर्न योग्य व्यक्ति नेपाली नागरिक हुनेछन् भन्ने व्यवस्था भएकाले लामिछाने प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन योग्य रहेको सरकारी वकिलको जिकिर छ ।

हेर्नुहोस् सरकारी वकिलको लिखित बहसनोट 

कार्यविधि पालना नगरेकै आधारमा रवि गैरनागरिक हुन्नन् – Online Khabar

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्