जुम्लामा हिमपात, किसान खुसी (तस्वीरहरू) – Online Khabar

जुम्लामा हिमपात, किसान खुसी (तस्वीरहरू) – Online Khabar

[ad_1]

१० माघ, जुम्ला । जुम्लामा बिहानैदेखि हिमपात भएको छ । हरेक वर्ष हिउँदमा हिमपात हुने जुम्लामा यो वर्ष ढिलो गरि हिउँ परेको हो ।

जुम्ला सदरमुकामसहित जिल्लाभर हिमपात भइरहेको छ । बिहानै करिब आधा फिट हिउँ जमेको छ ।

हिउँपरेपछि विशेषगरी किसानहरु खुुसी भएका छन् । हिउँदे सिजनमा तापक्रम माइनसमा जाने भएकाले हिँउदेवालीका लागि हिउँ उत्तम सिँचाइ मानिन्छ ।

हिउँदे सिजनमा विशेषगरि जौँ, गहुँलगायत बाली लगाइन्छ । पानी नआउँदा बाली सुक्न थालेको थियो । अब सहज हुने भएको छ ।

चन्दननाथ नगरपालिका-८ का किसान धनराशी भण्डारीले हिउँले हिउँदे बालीमा सहज हुने भएको बताइन् ।

हिमपात भएसँगै जुम्लामा जाडो बढेको छ । जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय जुम्लाका अनुसार यहाँको तापक्रम माइनस १.४ रहेको छ ।

हिउँ नपर्दा भने तापक्रम झन चिसो थियो । तीन दिनअघि जुम्लाको तापक्रम माइनस ७ डिग्रीसमेत पुगेको थियो ।

तस्वीर : नेत्र शाही

जुम्लामा हिमपात, किसान खुसी (तस्वीरहरू) – Online Khabar

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्